१४ बैशाख २०८१, शुक्रबार

शिवराजको नगर परिषद सम्पन्न,साढे १६ करोडको रकम विनियोजीत

सनिउल्ला धोबी, कपिलवस्तु पुस २६।।

कपिलवस्तुको शिवराज नगरपलिकाको चौथो नगर परिषदले अर्थिक बर्ष २०७४,७५ को बजेट बाँडफाँड गरि परिषद सम्पन्न गरेको छ । नगरपालिकाले कुल १६ करोड, ५४ लाख, २५ हजार, ३ सयको बजेट बाडफाड गरेको हो । नगर परिषदले पुगीगत तर्फ रु ३ करोड, १९ लाख, ७६ हजार ३ सय विनियोजीत गरेको छ । सडक बोर्ड तर्फ रु २ करोड,२ लाख, ठुला पुर्वाधारको लागि रु १ करोड, १५ लाख, नगर क्षेत्रका पुर्वाधारका लागि रु ४ करोड, ५ लाख, २२ हजार रकम छुट्याएको छ । सम्पुरको लागी रु १२ लाख रकम विनियोजीत गरेको नगरपरिषदमा नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद ढकालले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै चालु तर्फको रु १ करोड, ४८ लाख, ५२ हजार, सामाजिक सुरक्षा भत्ताको रु ६ करोड, २५ लाख, दलित,जन्मदार्ता प्रोत्सहन भत्ताको रु २ लाख ५० हजार, बाल पोषणको लागि रु ४ लाख २५ हजार रकम विनियोजीत गरिएको नगरपालिकाका योजना शाखाका प्रमुख शिव पराजुलीले बताउनु भयो । नगरपारिषदले लक्षीत तर्फ महिलाको रु ३ लाख ९८ हजार, बालबालिकाको ३ लाख ९८ हजार र अन्य तर्फ ४७ लाख, ९६ हजार, ५ सय छुट्याएको छ ।

नगरपालिकाको विकासका लागि कलम चलाएको पत्रकार सीताराम चौधरीलाई नगद सहित सम्मान गरीएको छ । पत्रकार चौधरी विगत दुई दशकदेखी पत्रकारीता पेशामा संलग्न हुनुन्छ । चौधरीलाई रु १० हजार नगदले सम्मानित गरिएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश आर्यालको प्रमुख अतिथ्यिता रहेको थियो । अन्य अतिथिहरुमा स्थानिय राजनितिक दलका प्रतिनिधी, वडा नागरिक मन्चका अध्यक्षहरु, संघ सस्थाका प्रतिनिधी लगायतको सहभगीता रहेको थियो ।

 

कपिलवस्तु टाइम्स २६ पुष २०७३, मंगलवार १३:५१

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस