१३ बैशाख २०८१, बिहीबार

ईन्देणी विकास केन्द्रले संचालन गरेको कार्यक्रमको स्थानिय विकास अधिकारीद्धारा अनुगमन

कृष्ण गैरे, कपिलवस्तु पुस २०
आई एम ई स्वीडस पाटर्नर नेपालको सहयोगमा ईन्द्रेणी ग्रामिण विकास केन्द्र नेपाल कपिलवस्तुले जिल्लाको तीन गाविसमा संचालन गरेको कार्यक्रमको आज अनुगमन गरिएको छ ।

सिमान्तकृत समुदायको सामाजीक तथा आर्थिक सशतिmकरण परियोजना अन्तरगत केन्द्रले कपिलवस्तु जिल्लाको सिवगढी खुरुहुरिया र गुगौली गाविसमा कार्यक्रम गरेको छ । गाविसको विभिन्न ठाउमा २० जना सदस्य रहेको महिला समुह वनाएर आयआर्जनको लागी एक समुहमा १ लाख ७ हजार वरावरको रकम वितरण गरेको केन्द्रका अध्यक्ष शुभलाल भुसालले जानकारी दिनुभयो ।

केन्द्रवाट प्राप्त भएको रकमले समुहमा आवद्ध प्रत्येक सदस्यले वाख्रा पालन गरिरहेको परियोजना कोडिनेटर चाणक्य अधिकारीले वताउनु भयो । खुरुहुरीया , गुगौली र सिवगढी गाविसमा संचालीत कार्यक्रमवाट समुहमा आवद्ध सदस्यहरुले वाख्रा पालनावाट राम्रो फाईदा लिएको परियोजनाका सहजकर्ता अनिता खडकाले जानकारी दिनुभयो ।

केन्द्रवाट संचालित कार्यक्रमको आज स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यापाने , जिल्ला पसु सेवा कार्यलयका प्रमुख राजकिशोर यादव , जिल्ला कृषि विकास कार्यलयका योजना अधिकृत उमेसचन्द्र श्रेष्ठ , ईन्दे्रणी गा्रमीण विकास केन्द्र नेपाल कपिलवस्तुका अध्यक्ष शुभलाल भुसाल , परियोजना कोडिनेटर चाणक्य अधिकारी , सामुदायिक रेडियो समानताका अध्यक्ष नारायण पौडेल लगायतले अनुगमन गर्नुभएको छ । अनुगमन पश्चायत स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यापानेले संस्थाले गरेको कामको प्रसंसा गर्नुभयो ।

कपिलवस्तु टाइम्स २० पुष २०७३, बुधबार १३:३८

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस