२३ बैशाख २०८१, आईतवार

ट्रकको ठक्करबाट दुहबीमा एक पैदलयात्रीको मृत्यु

सुनसरी : कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहबीमा गएराति भएको सवारी दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ख ९२६९ को ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करवाट घाइते भएका अन्दाजी २२ वर्षिय सिकेन्दर राम चमारको उपचारकालागि विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानिय हुलास वाइर उद्योगमा कार्यरत मृतक युवकको बारा जिल्ला गढिमाइ नगरपालिका वडा नम्बर ५ का रहेको सुनसरी प्रहरीले जनाएको छ।

धेरै कमेन्ट गरिएका