५ जेष्ठ २०८१, शनिबार

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर : दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ।

लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार माइत आएकी सरिता शनिबार दिउँसो नदीमा नुहाउन गएकी थिइन् । त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन्।

उनको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट