७ जेष्ठ २०८१, सोमबार

किसान संघ व्दारा बृहत आम सभा सम्पन्न

देवानन्द ठाकुर, कपिलबस्तु।

जिल्लाको जवाभारीमा कपिलबस्तु किसान संघ व्दारा बृहत आम सभा सम्पन्न भएको छ। जसको अध्यक्षता क.ब. किसान संघका अध्यक्ष अनुप कुमार चौधरी ले गरेका थिए।प्रमुख अतिथीमा स्थानीय युवानेता रजत प्रताप शाह,बिशिष्ट अतिथीमा भू.पु. क.ब. किसान संघका अध्यक्ष देव कुमार भारती,अतिथीहरूमा सद्भावना पार्टीका नेता रविदत्त मिश्र,मंगल प्रसाद गुप्त,स्थानीय नेता शिव प्रसाद जयसवाल लगायत समाजसेवी र स्थानीय नेताहरू ले गरेका थिए। आजको सभामा महालक्ष्मी सुर्गस मिल ले दिएका यतनाहरू केलाउदै अब निकट भविष्यमा यस्ता किसिमका सम्स्या नहोस र आउने अगामी वर्षमा महालक्ष्मी चिनी मिल यहा वाट अन्त्यै जाने हल्ला चलेको कुरा कहा सम्म साचो हो भनी अधिकारिक रूपमा जानकारी दिन महालक्ष्मी चिनीमिल का प्रवन्धकलाई ध्यानाकर्षण गराएका छन। विगत वर्ष का बाकी रहेका रकम लाई चाडै नै भुग्तानी र हाल नेपाल सरकार बाट परित भएका दर भाउ लागू गर्न यसै सभा वाट अवगत गराएका छन।उक्त कार्यक्रम का सन्चालन देवराज चौधरी ले गरेका थिए।

धेरै कमेन्ट गरिएका