१ बैशाख २०८१, शनिबार

बैंकको शाखा पुर्नस्थापन सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

cdoकपिलबस्तु। कपिलबस्तुको बहादुरगंजबाट द्धन्दकालमा बिस्थापित भएको राष्ट्रिय बाणिज्य बैंकको शाखा पुर्नस्थापन गर्न प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाललाई ज्ञापन बुझाइएको छ । स्थानिय युवाहरुको पहल तथा समाजसेवी रजत प्रताप शाहको अगुवाईमा आज प्रमुख जिल्ला अधिकारीलाई बैंक शाखा पुर्नस्थापन गराउन आवश्यक पहल गरिदिन भनी ज्ञापनपत्र बुझाइएको हो । माओबादी द्धन्दकालमा सुरक्षाका कमीका कारण बहादुरगंजमा रहेको राष्ट्रिय बाणिज्य बैकको शाखालाई सदरमुकाम तौलिहवामा गाभिए थियो ।

सो सन्दर्भमा प्रमुख जिल्ला अधिकारी बिष्णु ढकालले बाणिज्य बैंकको केन्द्रीय कार्यलयमा तत्काल फोन गरि जतिसक्दो छिटै शाखा पुर्नस्थापन गर्न पहल शुरु गरिएको युवा नेता दीपक पाण्डेयको भनाई छ ।

धेरै कमेन्ट गरिएका