कृष्णनगर नगरपलिकाको एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न

सेयर गर्नुहोस

15909565_694387114054337_1026325693_nअंकुश श्रीवास्तव ,कपिलबस्तु । कपिलबस्तुको कृष्णनगर नगरपलिकाले आर्थिक बर्ष ०७४/०७५को लागि एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
नगरपालिका कृष्णनगरका कार्यकारी अधिकृत हरि पौडेलको अध्यक्षता तथा क्षेत्र न ५ का सांसद अभिषेक प्रताप शाहको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन सुचना अधिकारी साकिर खांले गरेका थिए । उक्त कार्यक्रममा आर्थिक बर्ष ०७४/०७५ मा को विभिन्न चार शीर्षक चालु , ठुला पूर्वाधार निर्माण, लक्षित वर्ग तथा नगरक्षेत्र विकास कार्यक्रमका लागि कुल ५३२५८००० रकम विनियोजित गर्ने प्रतिवेदन प्रस्तुत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरपलिकामा रहेको दमकल र एमबुलेन्स संचालन गर्न देखिएको समस्या सन्दर्भमा सांसद अभिषेक प्रताप शाहले प्रभावित गाबिस र नगरपालिकासंग सहकार्य गरि अगाडि बढेमा यसक्षेत्रका जनतालाई आवश्यक सेवा पुग्ने विश्वास व्यक्त गरेका छन । त्यसैगरि सरसफाई तथा पुर्वाधार निर्माण जस्ता कार्यक्रममा खर्च बढी हुने गरेकोले हाम्रो कृष्णनगर सुन्दर कृष्णनगर बनाउन सबै राजनितिक दलका प्रतिनिधिलाई बिकास कार्यमा सहयोग गर्न नगरपालिकाका कार्यकारी अधिकृत हरि पौडेलले हातेमालो गरि अगाडि बढ्न आग्रह गरे ।
भेला कार्यक्रममा समाजसेवी सुशील श्रीवास्तव, किफायतुल्लह खां ,ब्रहम्मानन्द उपाध्याय, सफरमियां, मौलाना मसुद नेपाली, लक्ष्मण भुसाल,चुन्ना उपाध्याय, शाहिद खां लगायत विभिन्न दलका प्रतिनिधि, स्वयंसेविकाहरु, संघसंस्थाका प्रतिनिधि तथा स्थानिय सर्वसाधारणको उपस्थिति थियो ।

Facebook Comments Box