संगठन विस्तार गर्ने क्रममा जारी
आभिषेक गुप्ता नेपालगन्ज । सदभावना पार्टीका बाँकेले संगठन बिस्तारको अभियान लिएर गाउँमा प्रवेश र विरोधसभा गरेको छ ।
विरोध साभ र संगठन विस्तार गर्ने क्रममा जैसपुर गा.वि.स.मा मेरज हल्लवाईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । साथै युवाहरु सदभावना पार्टीका बाँकेमा १०० जान भिविन्न पार्टीका नेता तथा कार्यकर्ताहरु प्रवेश गरेक थिए । जिल्लाका अन्य गाविसमा पनि संगठन विस्तार हुने कार्य तिब्रगतिमा संचालनमा रहेको सदभावना पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीनरायण बर्माले बताए। बर्माले भविष्यमा हुने स्थानीय निर्वाचनलाई मध्यनजर राखी संगठन विस्तार गर्दै जाने बताउदै यसबाट नेपालको प्रत्येक प्रशासनीक निकायमा मधेशी जनताको पहुँच हुने विस्तास व्यक्त गरे । विरोधसाभलाई सम्बोधन गर्दै सदभावना पार्टीका केन्दि«य सदस्य राम कुमार दिक्षितीले भने यो‘संविधानमा देशले सहिदको रगत र पसिना दिइसके तर गतिलो संविधान नभएर मुर्दा संविधान म मान्यवाला र बोक्नेवाला छैन, उनले बताए । विरोध कार्याक्रलाई सम्बोधन गर्दै सदभावना पार्टीका अध्यक्ष लक्ष्मीनराण बर्मा भने मधेशी मोर्चाबाट आएको त्यो सम्बोधन गरियो भने देशमा द्वन्दता नआउने मधेशी र पहाडीको भेदभाव नहुने र अहिले राज्यको हरेक निकायमा भेदभाव भएको बताए ।
विरोधसाभलाई सम्बोधन गर्दै सदभावना पार्टीका नेता रेखा गुप्ता ले भनीन यो देशले मधेशी र थारुलाई ८ बँुदाको सहमती दिने हो भने शान्तिढंगले देश चल्छ होइन भने देश दुर्घटनातिर फस्ने चेतावानी दिए । संगठन विस्तार गर्ने कार्यमा प्रेस मच नेपालका केन्दि«य उपध्यक्ष आशिष गुप्ता सदभावना पार्टीका बाँकेका जिल्ला नेता मुन्नवार अलि हल्लवाई सदभावना पार्टी बाँकेका जिल्ला उपध्यक्ष रेखा गुप्ता,पार्टीका नेता रामकुमार सोनी लगायतका नेताहरुको उपस्थिती रहने गरेको छ । यस कार्यक्रममा नागरिक बुद्धिजीवि, पत्रकार, सर्वसाधारण विभिन्न पार्टीको कार्यकर्ता लगायत दुईसय जनाको विरोध साभमा उपस्थिति रहेको थियो ।
3