११ आश्विन २०८०, बिहीबार

संविधान संशोधन नभए शाही कालमा भएको निर्वाचन जस्तै हालत हुने त्रिपाठीको चेतावनी

tamalopaकपिलवस्तु, २४ पौष । संविधान संशोधन नहुंदा सम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय उपाध्यक्ष हृदेश त्रिपाठीले बताएका छन् ।

    तमलोपा कपिलवस्तुले जिल्लाको मानपुर गाविसमा आयोजना गरेको बृहद जनजागरण अभियान कार्यक्रमलाई सम्वोधन गर्दै नेता त्रिपाठीले प्रदेशको सिमांकनमा मधेशी मोर्चाको माग अनुसार सिंमांकन नगरी जबरजस्ती संविधान संशोधन नहुदा सम्म निर्वाचन हुन नसक्ने तमलोपा नेता त्रिपाठीको ठहर
निर्वाचन घोषणा गरे राजाको शाही कालमा भएको निर्वाचन जस्तै हालत यो निर्वाचनको पनि हुने चेतावनी दिएका छन् ।
नेता त्रिपाठीले नेकपा एमालले मधेश विरोधी चरित्र देखाएर गरेको खोक्रो राष्ट्वादले राष्ट्यितालाई झन कमजोर पार्ने बताए । मधेशका जिल्लाहरुमा पहाडी जिल्ला नमिलाए देश टुक्रिन्छ भन्नु एमाले नेताहरुको पूर्ण गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिले आफुलाई आफ्नो राजनैतिक जीवनको सवैभन्दा दुखद क्षण भएको नेता त्रिपाठीले बताए ।कार्यक्रममा तपलोपाका सांसदहरु अकवाल अहमद खां, मीना चौधरी थारु, जितेन्द्र साह र पुर्व राज्यमंत्री ईश्वर दयाल मिश्राले सम्वोधन गरेका थिए । कार्यक्रममा गाउं गाउंबाट आएका ठुलो संख्याका कार्यकर्ता र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट