१४ बैशाख २०८१, शुक्रबार

“फोनिज” मा श्रेष्ठको नेतृत्वमा समिति चयन आदिबासी जनजातिको हक, अधिकारका लागि सशक्त रुपमा लाग्ने

सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), १० मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासघं कपिलबस्तु (फोनिज) को अध्यक्षमा शैलेन्द्र श्रेष्ठ सर्बसम्मत चयन भएका छन् । आदिबासी जनजाति पत्रकारहरुको शुक्रबार जितपुरमा बसेको भेलाले ७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।
फोनिजको उपाध्यक्षमा सरिता थारु, सचिवमा मिना राना मगर, कोषाध्यक्षमा चर्चिल गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्णा थापा मगर, लक्ष्मी थारु लगायत रहेका छन् । नेपाल आदिवासी जनजाति महासंघ कपिलवस्तुका अध्यक्ष विमल सारु मगरको प्रमुख आतिथ्यतामा बसेको भेलाले जिल्ला कार्यसमिति गठन गरेको हो ।
भेलामा प्रमुख अतिथि सारुले फोनिजका सबै पदाधिकारीहरुको कार्य सफलताको शुभकामना दिंदै जनजातिहरुका जातीय पहिचानका लागि पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । साथै आदिबासी जनजातिहरुको संस्कृति, रीतिरिवाज, भेषभुषा संरक्षणका लागि मिडियामार्फत विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।
राज्यबाट नै आदिवासी जनजाति पछि पारिएको बताउँदै आ–आफ्नो क्षेत्रबाट सबै पत्रकारहरुलाई सशक्त भएर लाग्नुपर्ने प्रमुख अतिथि सारुले जिकिर गरे । साथै उनले जनजातिहरुको हक, अधिकार तथा सवाललाई मिडिया समक्ष ल्याउन सबै पत्रकारहरुलाई आग्रह समेत गरे । जातीय पहिचान सहितको संघीयता, धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समाबेसीका लागि राज्यसमक्ष आफ्नो आवाज पु¥याउन फोनिजको महत्वपूर्ण जिम्मेवारी आइपरेको बताए । त्यस्तै नव निर्वाचित अध्यक्ष श्रेष्ठले आदिवासी जनजातिको हक र अधिकारको लागि आफूले सशक्त रुपमा कलममार्फत उजागर गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम ४ नं. जितपुरमा रहेको रोयल बाणगंगा पार्टी प्यालेसमा भएको हो ।

Subodh Regmi १० मंसिर २०७३, शुक्रबार १४:२६

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस