गायक बद्री पंगेनीले कपिलवस्तुमा गरे भाषण, प्रदेश नं ५ को राजधानी कपिलवस्तु बनाउनु पर्ने गायक पंगेनीको भनाई

सेयर गर्नुहोस

20161122_172435
सनिउल्ला धोबी,कपिलवस्तु मंसीर ७

बद्री पंगेनीको नाम आउदा सबैले गायक भनेर चिन्छन । हुन पनि हो विगत लामो समयदेखी गायन क्षेत्रमा सक्रिय रहेका उनलाई सबैले गायक भनेरै चिनेका छन । तर उनै बद्री पंगेनी आजभोली नेता जस्तो भाषण समेत दिएर जनताको मन जितेका छन ।
कपिलवस्तुको चन्द्रौटामा अयोजीत तेस्रो कृषी पर्यटन तथा औद्योगीक व्यापार महोत्सवमा उनले गीत नगायर पहिले नेताहरु ज्स्तै भाषण गरे । महोत्सवको मुख्य अर्कषकको रुपमा आएका गायक पंगेनी एका एक भाषण गर्न थाले पछी दर्शकहरुले उनको भनाई सही भएको भन्दै ताली बजाएका थिए । 20161122_172048
उनले भने कपिलवस्तु बुद्ध भुमी भएकोले यहा भगवान गौतम बुद्धले २९ बर्ष विताएको राजा शुद्धोधनले राज्य गरेको यस क्षेत्रलाई राजधानी बनाउनु पर्छ । उनले भने पश्चिम बाँके बार्दिया दाङ र पुर्वमा नवलपरासी रुपन्देही रहेकोले सबै भन्दा उपयुक्त कपिलवस्तु भएको जोड दिए । त्यस्तै प्युठान रोल्पा आर्घाखाची, गुल्मी र पाल्पाको पनि विच सेन्टर कपिलवस्तु भएको बताए ।
गायक पंगेनीले महोत्सवमा उपस्थीत कपिलवस्तु क्षेत्र नं ४ का ससंद सुरेन्द्रराज आचार्यालाई समेत कपिलवस्तुलाइृ राजधानी बनाउनको लागि संसदमा विशेष पहल गर्न अनुरोध समेत गरे ।

गीतको टुक्का जोड्दै पंगेनीले कपिलवस्तुको मान सम्मान सबैसग जोडिएकोले यस क्षेत्रको विकासका लागि जुट्न संसद आचार्यालाई आग्रह गरे । कपिलवस्तुको चन्द्रौटामा आयोजीत महोत्सवमा गायक पंगेनीले राष्ट्र प्रती ओत्रपोत भएका गित समेत गाएर दर्शकहरुलाई झुमाएका थिए । उनले रातो पछैरी तातो पछेरी , कुक्क्यायो मायाले झुक्कयो, ससुरालीमा, त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु लागायतका गित गाएर दर्शकहरुलाई मनोञ्जन दिएका थिए ।
त्यस्तै भर्खरै मात्रा बाजारमा आएको विवाहमा नचिने पञ्चबाजाको गीत गायर उहाले सबैलाई झुमाएका थिए । 20161122_173111
त्यस्तै
चन्द्रौटा तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आज छैठो दिन भव्य रुपमा सम्पन्न भएको छ । व्यापार संघ कपिलवस्तुले आयोजनामा गरेको महोत्सव मङसिर १२ गते सम्म चल्नेछ ।
महोत्सवको छैठो दिन ५५ लाख बराबरको कारोबार भएको छ १२ हजार बढि दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव आयोजक व्यापार संघ कपिलवस्तुका महासचिव तथा महोत्सव सचिवालय संयोजक जगत पौडेलले जानकारी दिनु भएको छ ।
साथै भोली महोत्सवको सातोे दिन १५ हजार बढि दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवलाई सव्य भव्य वनाउन आयोजक सुरक्षा कर्मि लगाएत खटिएका छन । कपिलवस्तुको बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग र यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलहरुको प्रर्बद्धन गर्ने उद्धेश्यले चन्द्रौटामा महोत्सवको आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिनुभयो ।20161122_172449
आज महोत्सवको छैठोे दिने राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहेका थियो । आजको अर्कषणका रुपमा लोक तथा दोहेरी गायक बद्री पंगेनी, गायीक पुर्णकला विसी,दिपक दर्लामी, दिनेश रम्जन तथा हस्याकलाकारको बेजोड प्रस्तृती रहेको संस्कृतिक संयोजक अर्जुन सापकोटाले वताउनु भयो । साथै हरि डान्स ग्रुप,छमछमि कला केन्द्र,भोजपुरि कलाकार को प्रस्तुति रहेको थियो । महोत्सवमा प्रवेश शुल्क रु ४० भए पनि अपाङ्ग, जेष्ठ नागरिक, र विद्यार्थीको लागि सहुलियत रु ३० दिएको सचिवालयले जनाएको छ ।

 

Facebook Comments Box