सनिउल्ला धोबी, कपिलवस्तु ८ मंसिर,
कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्र्रौटामा रहेको टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा दुई लाख ५० हजार बराबरको नोक्सानी भएको छ ।
टायर रिसोलिङ सेन्टरको गोदाममा रहेका पुराना दुई सय ५० टायर जलेर नष्ट भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले बताए ।
राजु शाहका घरमा रिसोलिङ सेन्टर खोलेका अली हुसेनको टायर गोदाम मङ्गलबार साँझ ७ बजे लागेको आगोले पूरै टायर जलेर खरानीमा परिणत भएको हो । आगलागीबाट गोदाम नजिकै रहेका चार घरमा समेत सामान्य क्षति पुर्याएको छ ।
राज्यकोषबाट फेरि बाँडियो पैसा, विष्णुकुमारीले पाइन् १० लाख
६ मंसिर, काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा सर्लाही जिल्लाका २३…
दमकललाई समयमा खबर गर्दा समेत २० किलोमिटरको दूरीमा रहेको कृष्णनगरको दमकल दुई घन्टापछि मात्रा आएको थियो । दमकल ढिलो आएको भन्दै स्थानीयवासीले राति नै विरोध जनाएका थिए । आगो राति ९ बजे नियान्त्रणमा आएको थियो ।
त्यस्तै, कपिलवस्तुकै शिवराज नगरपालिका समिति चोकमा लागेको आगोमा दुई घर जलेर नष्ट भएका छन् । समिति चोक नजिकै रहेको लीला लामिछाने र दुर्गा गौतमको खरले छाएको घर पूर्णरुपमा जलेको वडा प्रहरी कार्यालय, चन्द्रौटाले जनाएको छ ।
3