८ आश्विन २०८०, सोमबार

घटना पश्चात फरार प्रतिबादी पक्राउ

काठमाडौं, १० मंसिर, हाडनाता करणी मुद्दामा कैद तोकिई फरार रहेका ललितपुर गोदाबरी नगरपालिका–८ बस्ने नुवाकोट कल्याणपुर गाबिस–१ का ४१ वर्षीय रेवकुमार खातीलाई लाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर बडीखेलबाट बिहिबार ती अपराधीहरुलाई पक्राउ गरिएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
२०५० असार १ गते एक महिलाको स्वास्थ्य परीक्षण गर्दा गर्भ रहेको फेला परेको र उक्त गर्भ प्रतिबादी रेवकुमारको हाडनाता करणीको कारणले हुन गएको भन्ने ठहर भए अनुसार नुवाकोट जिल्ला अदालतको फैसलाले २०५१ बैशाख ५ गते उनलाई ३ बर्ष कैद हुने सजाय गरेको थियो ।
पक्राउ परेका खातीलाई प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट