१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तु मा पनि स्वतन्त्र राजनितिक समूह विस्तार हुदै

कपिलबस्तु/ संवाददाता /पौष २२

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७को विशुनपुर मा भेला जम्मा गरि स्वतन्त्र राजनितिक समूहको इकाई समिती गठन गरिएको छ।

पछिल्लो समयमा इन्द्रेणी पार्टी पैलेस वनेश्वर काठमान्डौ मा बसेको स्वतन्त्र राजनितिक समूह को बैठक मा छलफल गरि दिएको निर्देशानुसार कपिलबस्तु को क्षेत्र नं.३को कृष्णनगर नगरपालिका वडा नं.७ मा भेला गरि स्वतन्त्र राजनितिक समूहको ४ सदस्य रहने गरि इकाई गठन गरिएको छ।

श्री मगरे यादव को अध्यक्षता मा बसेको भेला मा प्रमुख अतिथी पूर्वमंत्री इश्वर दयाल मिश्र,समाजसेवी हरिहर प्रसाद मिश्र, राज मंगल यादव,पूर्ण लाल मौर्या,श्याम सुन्दर चौधरी,तपास कुमार मिश्रा,प्रदीप त्रिपाठी, धर्मेन्द्र कुमार शुक्ल (वीरु), समाजसेवी, शिक्षा प्रेमि,भद्रभलादमी,महिला,पुरुष लगायत २००भन्दा बढी जनताको उपस्थिती थियो

उक्त कार्यक्रममा पूर्वमंत्री इश्वर दयाल मिश्रा ले आफ्नो मनतब्य राख्दै भनेकि मधेशी जनता को समस्या समाधान हुनुपर्ने , मधेशमा बिकास हुनु पर्ने, भूमिहिनलाई चाडै भूमि प्राप्त हुने ,नेकपा मधेश मा स्थापित हुन मधेशी जनता को समस्या समाधान गरे मात्र लोकप्रिय हुन.सक्ने कुरा बताउनु भयो।

आफूले केन्द्र सरकार संग पहल गरी यो क्षेत्रमा बजेट समेत ल्याएको जिक्र गर्नु भयो रोजगार,सिचाई,मलखाद्य लगायत किसानहरुको समस्या चाडै भन्दा चाडै समाधान हुनुपर्ने बताउनु भयो।

हामी यो क्षेत्र को बिकास को लागि निरन्तर पहल गर्दै आएका छौ। ५ महिना सम्म मात्र मंत्री रहदा मैले यो क्षेत्रमा धेरै विकास गरेको बताए मेरो पालो मा बने का सडक नालीहरु आज सम्मा बिग्रेका छैनन्। तर आज म निर्वाचित न हुदा पनि यो क्षेत्रका लागि केन्द्र सरकार बाट यो बर्ष पनि पहल गरेर बजट ल्याएको छू।

साथै कार्यक्रम मा उपस्थित सबै जनता कार्यक्रता पत्रकार,शिक्षा प्रेमी समाज सेवी हरु लाई धन्यवाद दिदै आफ्नो मनतब्य टुंग्याउनु भयो। मंगरे यादव ले पूर्वमंत्री मिश्र संग रहेर मात्र यो क्षेत्र को विकास हूने देखिएका ले साथ रहि उहा लाई सक्दो सहयोग गर्न सबै लाइ आग्रह गर्दै सभा को समापन गर्नु भयो।

कपिलवस्तु टाइम्स २२ पुष २०७५, आईतवार ०९:४८

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस