१ श्रावण २०८१, मंगलवार

अरनिको वचत तथा ऋण सहकारीमा ७ करोड वढिको कारोवार


सनिउल्ला धोबी, कपिलवस्तु पुष २१
कपिलवस्तुको चन्द्रौटामा रहेको अरनिको वचत तथा ऋण सहकारी सस्थाको ९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको नियम विपरीत काम गरिरहेका सहकारीहरु वन्द हुनुपर्नेमा जोड दिइएको छ । कतिपय सहकारीहरुले जनतामाझ भ्रम छरेर रकम लुट्ने गरेकोले त्यस्ता सहकारीलाई तुरुन्त बन्द गर्नपर्ने वताएका छन । कपिलवस्तुका चन्द्रौटामा रहेको अरनिको वचत तथा ऋण सहकारी सस्थाको ९ औ वार्षिक साधारण सभालाई सम्वोधन गर्ने वक्ताहरुले यस्तो वताएका हुन ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले देश विभिन्न ठाउमा सहकारीको नाममा ठगेर भाग्ने गरेका समाचारहरु आइरहने गरेकोले नगरभित्र त्यस्ता सहकारी रहे वन्द गराउने वताए । सामान्य रुपमा झोलामा कागजपत्र बोकेर जनतामाझ पैसा उठाएर लेटनेहरुको अव दिन गएको समेत जनाए । सहकारी भनेकोे आम नागरिकहरुलाई सहज ढङगवाट ऋण उपलव्ध गराउने र सुरक्षीत रकम वचत गर्नुपर्ने भएकोले नाम वेचेर गैरकानुनी काम नर्गन सचेत गराए ।
शिवराज नगरपालिकाको चन्द्रौटा ३० जनावाट सानो रकम संकलन गरेको सस्था अहिले ७ करोड वढिको कारोवार गर्न सफल भएकोमा प्रशंसा गरे । थारै रकम संकलन वाट ठुलो करोवर गर्न सक्नु भएको सफल भएको भन्दै सस्थाले आगामी दिनमा सामाजिक कृयाकलापमा सहभागी हुनुपर्ने सुझाव दिए । नगरमा ३३ भन्दा वढी सहकारीहरु रहेकोले आम नागरिकको कमाई वाट केहि भाग वचत राख्न वानी सहकारीले वसालेको समेत वताए ।विगतमा कमाएको खर्च गर्ने गरेका नागरिकले अहिले प्रत्यक दिन तथा महिनामा यति रकम वचत गर्नुपर्छ भन्ने सुन्दा आफुलाई खुसी लाग्ने गरेको जनाए ।
२०६६ सालवाट संचालन भएको सहकारीमा अहिले ५ सय ७ जना सदस्यहरु रहेका छन ।आव ०७४।७५ मा कुल पुजी ७ करोड ५० लाख ५२ हजार ८ सय ५४ रहेको छ । सहकारी को ऋण लगानी ६ करोड ५० लाख २६ हजार ९ सय ७६ रहेको सहकारीका कोषाध्यक्ष माधव प्रसाद पाण्डेले वताए । पाण्डेका अनुसार सहकारीमा २१ लाख ३७ हजार ७ सय १५ खुद नाफा रहेको वताए ।
सस्थाका सदस्यहरुलाई सहज ढङगवाट सहकारीवाट पाउने सेवा सुविधा उपलव्ध गराएको सहकारीका अध्यक्ष दमन भाट क्षेत्रीले वताए । सहकारीले रकम वचत र ऋणको मात्र काम नगरी सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेको काम गरिरहेको वताए । नगरवासीहरुको सर्वपहुच सुविधको लागी सहकारीले रेमीट्यान्स संचालन गरिरहेको अध्यक्ष क्षेत्रीले वताए ।
कार्यक्रममा वोल्दै ईलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख नरवहादुर खड्का ,उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेद अलि ,मानवअधिकारकर्मी विष्णु प्रसाद खतिवडा,समाजसेवी लंक हमाल,शिवराज सुवेदीले नियम विपरित काम गर्ने सहकारीलाई तुरुन्तै कारवाहि गर्नुपर्ने वताए । नगरभित्र रहेका सहकारीले समाजिक क्षेत्रमा काम गर्नुपर्नेमा समते उनिहरुले जोड दिएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट