१४ फाल्गुन २०८०, सोमबार

इमिलियाको पुलचोक कृषि सहकारीमा अधिकारी चयन ।।


मदन लम्साल,कपिलवस्तु इमिलिया ,पुष २२
कपिलवस्तुको इमिलियामा रहेको श्री पुलचोक कृषि सहकारी संस्था लि.को अध्यक्षमा कमल प्रसाद अधिकारी सर्व सम्मत चयन भएका छन । शनिबार भएको चौथो साधारण सभा तथा प्रथम अधिबेशनबाट अधिकारीको अध्यक्षमा ११ सदस्यीय संचालक समिति चयन भएको छ ।
संस्थाको उपाध्यक्षमा बसन्ता पोख्ेल ,सचिब माधब दमासे , कोषाध्यक्ष खिमा आचार्य अन्य सदस्यहरु रहेको निबार्चन अधिकृत कृष्ण बन्जाडे ले जानकारि दिनुभयो ।
कार्यक्रम प्रमुख अतिथि बुद्धभूमि नगरपालिका नगर प्रमुख केशब कुमार श्रेष्ठले संस्थाले छोटो समयमा धेरै ठुलो प्रगति गरेकोमा प्रशंसा गर्नु भयो । साथै सहकारीलाई नगरबाट उपलब्ध हुने सहयोग प्रदान गर्ने प्रतिबद्वता ब्यक्त गदै नयाँ संचालक समितिलाई सहकारिको सात सिद्वान्तको आधारमा आगामि नीति तथा कार्यक्रम अनुरूप अधिबढ्न समेत सुझाब दिदै आगामि सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
संस्थाले आ.व. ०७४ र ०७५ मा ५१७ जना शेयर सदस्य,कुल पुजि एक करोड १२ लाख ,२६ हजार , ७५४.८२ रूपैया खुद नाफा ६लाख ,४० हजार ,३०४.८८ रूपैया रहेको जनाएको छ । कार्यक्रममा उत्कृष्ट दैनिक बचतकर्ता रूकमणि शर्मा , नियमित बचत कर्ता हिरालाल श्रेष्ठ , बाल बचतमा आयुषा भट्टराई ,जेष्ठ शेयर सदस्य हुमकला थपेनि ,असल ऋणि नारायण फुल्लेल , तरकारि खेति तर्फ निमकला थापालाई पुरस्कृत तथा सम्मान गरेको छ ।

साधारण सभामा संस्थाको प्रतिवेदन अध्यक्ष कमल प्रसाद अधिकारी , नीति तथा कार्यक्रम ब्यवस्थापक अनिता बेल्वासे, आर्थिक प्रतिबेदन डोर बिक्रम बेल्वासे प्रस्तुत गर्नु भएको थियो ।
अध्यक्ष कमल प्रसाद अधिकारि अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,प्रमुख अतिथि नगर प्रमुख केशब कुमार श्रेष्ठ , बिशिस्ट अतिथि खुमानन्द न्यौपाने तथा तथा संस्थाका शेयर सदस्यहरू सहभागी उक्त कार्यक्रममा स्वागत मन्तब्य बसन्ता पोखरेल तथा संचालन माधब दमासे ले गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट