११ आश्विन २०८०, बिहीबार

पत्रकार बेल्वासेद्धारा न्यानो वितरण

 सनिउल्ला धोबी, कपिलवस्तु पुष १८
नेपाल पत्रकार महासघ कपिलवस्तुका सदस्य तथा प्रेस सेन्टर कपिलवस्तुका कार्यवाहक अध्यक्ष अर्जुन बेल्वासेको सहयोगमा २० जना बालवालिकाहरुलाई न्यानो कपडा वितरण 

saniulla dhobiगरिएको छ । कपिलवस्तुको विजनयगर गाउँपालिकामा रहेको शिव माध्यमिक विद्यालयमा अध्यानरत २० जना गरिवि असाहय बालवालिकालाई सो कपडा वितरण गरिएको हो ।
यस वर्षको न्यायो अभियान अन्र्तगत सहयोगी हात सबैको साथ भन्ने नारा सहित सहयोगी हातहरु अभियान संचालन गरिएको छ । सहयोगी हात अभियानका अभियन्ता दिपक खड्काको नेतृत्वमा ट्राउजर र हुट वितरण गरिएको हो । विगतका वर्षमा जस्तो यस वर्ष पनि सहयोगी हात नामक अभियानवाट गरिव दुखि बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिने अभियान्ता खड्काले वताउनुभएको छ । न्यानो कपडा वितरण गर्दै मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु प्रसाद खतिवडाले सामान्य रुपमा संचालन भएको अभियानले दुखी गरिवलाई ठुलो साहयता भएको जनाए । गरिव तथा विपन्न परिवारहरुले आफ्ना छोराछोरीलाई न्यानो कपडा किन्न नसक्दा जाडोमा कठ्याग्र्रीने समस्या अभियानले केहि भए पनि न्यायो राहत दिने खतिवडाले बताए । प्रत्येक वर्ष चिसोकै कारणले धेरै बालबालिकाहरुले ज्यान गुमाउने गरेकोले यस्ता अभियानले निरन्तरता पाउनुपर्ने उनले बताए । अभियानलाई सफल पार्न सक्दो सहयोग गर्न समेत सवैमा खतिवडाले आवह्ना समेत गरे ।
कार्यक्रममा पत्रकार अर्जुन बेल्वासेले आफ्नो सानो सहयोगले बालवालिकाहरुलाई चिसो वाट वच्न सक्ने वताए । चिसो वढिरहेको अवस्थामा अतिगरिव तथा विपन्न परिवारले आफ्ना वालवालिका लाई चसो वाट वचाउन समस्या भएको कारण आफुले सहयोग गरेको वताए । कार्यक्रममा युवा नेता लाकेश थापाले सहयोगी दातालाई विशेष धन्यावद दिए । जिल्लाकै पछाडि परेको विद्यालयमा आएर सहयोग गरेको भन्दै अभियान्ताको प्रशसा गरे ।

धेरै कमेन्ट गरिएका