२३ बैशाख २०८१, आईतवार

नगरअतिक्रमण हटाउन शुरु

बजार अतिक्रमण हटाउन शुरु

 

कृष्णनगर ,माघ १७ । नगरभित्र पर्ने बाटाेलाई अतिक्रमित गरि बनाईएका भाैतिक संरचनाहरुलाई नगरपालिकाले हटाउन शुरु गरेकाे छ।

बीसौं बर्षदेखि जनप्रतिनिधि विहिन रहेकाेले अतिक्रमण समास्या नेपाल अधिराज्य भरि नै रहेकाे छ । कपिलवस्तु जिल्लाकाे प्रमुख बजार मानिने कृष्णनगरलाई अाजदेखि अतिक्रमण मुक्त गर्न लागिएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे । भारतकाे अार्थिक सहयाेगमा राजमार्गदेखि सिमासम्म तथा कृष्णनगर बजारकाे कुल बीस किलोमिटर सडक बनाईने भएकाेले सडककाे दायाँबायाँ पन्द्रह-पन्द्रह मिटर सडक अतिक्रमण हटाउन लागिएकाे नगरप्रमुख शाहकाे भन्नुभयाे । यसअघि कृष्णनगर नगरकार्यपालिकाले बैठक बसी वार्ड नम्बर एकदेखि अतिक्रमण हटाउन शुरु गरिएकाे निम्ति प्रशासकिय अधिकृत राजप्रसाद त्रिपाठीले बताए ।

संरचना हटाउन केही सा-साना विवादहरु भए तपनि व्यापक सुरक्षा व्यवस्थाका बीच हटाउन शुरु गरिएपछि विवाद शान्त भएकाे थियाे ।

कपिलवस्तु टाइम्स १७ माघ २०७५, बिहीबार १४:०३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस