१२ बैशाख २०८१, बुधबार

खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा

शहबाज खान,कपिलवस्तु/माघ१३

कपिलबस्तु नगरपालिका वडा नं. १ आज खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा ।। नगरपालिकालाई दुइ क्षेत्रमा बिभाजन गरि बिकासका काम अगाडि बढाउनुपर्नेमा संघीय सांसद गुप्ताको जोड ।।
नेपालको दोस्रो पुरानो नगरपालिका कपिलबस्तु नगरपालिका वडा नं. १ आईतबार एक कार्यक्रमकाबीच खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा गरिएको छ । कपिलबस्तु नगरपालिकाका १२ वटा वडामध्ये एक नम्बर वडालाई खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा गरिएको हो । १२ वटा वडा रहेको कपिलबस्तु नगरपालिकामा प्रथमपटक वडा नम्बर १ लाई खुल्ला दिसामुक्त गर्न सफल भएतापनि बांकी ११ वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गर्न बांकी छ । संघीय सांसद बृजेश कुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव, रीना नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी नर बहादुर खड्काको उपस्थितिमा वडा अध्यक्ष सुदिप पौडेलले वडा नम्बर १ लाई खुला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना भएको घोषणा गर्नुभएको हो ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख लक्ष्मी गुप्ताले नगरलाई नै खुला दिशामुक्त घोषणा गर्ने तयारी तिब्र रुपमा अगाडि बढाइएको बताउनुभयो । उहाँले खुला दिशामुक्त घोषणासँगै पूर्ण सरसफाई तर्फ उन्मुख हुन आग्रह पनि गर्नुभयो । नगरपालिकालाई दुइ क्षेत्रमा बिभाजन गरि बिकासका काम अगाडि बढाउनुपर्नेमा संघीय सांसद बृजेश कुमार गुप्ताले जोड दिनुभएको छ । उहाले नगरबासीहरुलाई सार्वजनिक सरसफाइ कायम राख्न बचनबद्धता कायम गर्न आग्रह गर्दै सामुहिक प्रतिबद्धता गराउनुभएको छ ।

कार्यक्रममा हाल वडा नं. १ का ९० प्रतिशत घर धुरीमा शौचालय बने पछि उक्त वडालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गरिएको हो । उक्त वडामा सबै बालबालिका बिद्यालयको पहुच सम्म पुगेकाले पुर्ण साक्षरता घोषणा भएको छ । कपिलबस्तुमा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान चलेको छ । सांसद गुप्ताले साबुन पानीले हात सफा गरि दिसा गरेपछि अनिवार्य रुपले साबुन पानीले हात धुनु पर्नेे बताउनुभएको छ । प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तवले नगरको सरसफाइमा ध्यान दिए पर्यटक आवागमनमा समेत बृद्धि हुने बताउनुभएको छ । वडाध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्तममा वडालाई खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा गर्न सहयोग सघाउने ब्यक्ति, संघसंस्थालाई सम्मान समेत गरिएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट