सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न सकेन : काँगे्रस

ajay thapa
सेयर गर्नुहोस
ajay thapa
ajay thapa

कपिलवस्तु, माघ १३,
नेपाली कागँ्रेस शिवराज नगरपालिका ३ नं वडाको मदवामा आयोजित कार्यक्रममा बोल्ने वाक्ताहरुले वर्तमान सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न र जनमुखी कार्य गर्न नसकेको आरोप लगाएका थिए । वाक्ताहरुले बिकास निर्माण तथा नागरिकका समस्या समाधानमा कहिल्यै पक्षपात नगरेको बताएका थिए । कम्युनिष्ट सरकारले आफना कार्यकर्ता बाहेक अरु नागरिकलाई जनताका रुपमा नदेखेको अरोप लगाएका थिए । ३ नं वडा समितिको आयोजनामा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली काग्रेस कपिलवस्तुका सभापती सुरेन्द्रराज आचार्यले आफुहरु कुरा भन्दा काममा बढि बिश्वास राख्ने भएकाले नागरिकसँग सधै हातेमालो गरी अघी बढी रहेको बताउनु भयो । बर्तमान सरकारले सबै क्षेत्रमा सोझो हस्तक्षेप गरेर नागरिक सर्वोच्चता खोस्न खोजेको आयार्यले आरोप लगाउनु भयो । नेपाली काग्रेस कपिलवस्तुका सचिव प्रेम बहादुर रायमाझीले निर्वाचित जन प्रतिनिधीले योजना छनौटमा आप्नो कार्यकर्तालाई कखा अरुलाई पखा लगाउने कार्य भैरहेको समेत बताउनु भयो । रायमाझीले नेपाली काग्रँेसलाई वेवस्ता गरी बिभेद गरेको समेत बताउनु भयो ।
युवा नेता अजय थापाले कपिलवस्तुकै कृषि मन्त्री हुदाँ समेत किसानले सहज रुपमा मल नपाएको बताउनु भयो । छिमेकी देशबाट मलखाद ल्याउदा समेत प्रशासनको सास्ती खेप्नु परेको थापाको भनाई थियो ।

वडा सभापती गंगाधर भटराईले सभापतित्वमा भएको कार्यक्रममा नेकपा, राजमो, मधेसबादी दल परित्याग गरि १ सय ६० जना भन्दा बढी नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन । शनिवार ३ नं वडामा आयोजित उक्त कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस कपिलवस्तुका सभापती सुरेन्द्रराज आचार्य,सचिव प्रेम बहादुर रायमाझी, युवा नेता अजय थापा, जिल्ला सदस्य हुमकान्त खनाल, हरी पोखरेल, भानुभक्ता वराल, हरीराज घिमिरे, केशरी चौहान, महासमिति सदस्य इश्वरी पाण्डे, शिवराज नगर सभापती मधु पोखरेल, नेविसघ जिल्ला सचिव राजु खराल, नेपाल शिक्षक सघका पुर्व जिल्ला सचिव राम प्रीत मिश्र, सविता थारु, शंकर मल्ल लगायतले नव प्रवेशीलाई अबिर लगाई पार्टी प्रवेश गराएका थिए । काँग्रेस प्रवेश गरेका अधिकांसले तत्कालिन माओबादीमा लागेकै कारण अनेकौ यातना खेप्नु परेको तर पार्टी एमालेमा बिलीन भएको, कार्यकर्ताको भावना समेटन नसकेको र निर्वाचन पश्चात निश्चित क्षेत्रका आफना कार्यकर्तालाई मात्रै प्राथमिकतामा राखेको आरोप लगाए । समाजलाई एकताको सुत्रमा बाधने कार्य गरेकाले आफुहरु काँग्रेस प्रवेश गरेको उनीहरुको भनाई थियो ।

Facebook Comments Box