१४ बैशाख २०८१, शुक्रबार

तिवारीको हत्यारालाई नछाडने अध्यक्ष पहारी

15785452_1203139969762300_1367705638_o
सनिउल्ला धोवी , कपिलवस्तु पुस १६
युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई नछाडने बताउनु भयो । सरकारले तिवारीको हत्यारालाई पक्राउ गर्ने अश्वासन दिएकोले हामी केहि समय पर्खी रहेको उहाले बताउनु भयो । कपिलवस्तुको चन्द्रौटामा युवा संघ कपिलवस्तुले अयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
तिवारी जस्तो विर युवाले नेपालमा ज्यानको बलिदानी दिएकोले तिवारीको हत्यारालाई कुनै पनि हालतमा नछोडन बताउनु भयो । उहाले भन्नु भयो सरकारले युवा संघका तिवारीका हत्या र केन्द्रीय सदस्य बांके कोहलपुरका सन्तोष बुढाथोकीलाई मार्न प्रयास गर्नेलाई पहिचान गरि तत्काल कार्वाही गेका छौ । अब हामी अनुसन्धन गरि दोषीलाई कार्वाही गर्छाै ।
यहि यस्ता अपराधिक घटना बढदै जाने हो भने युवा सघ ज्यानको अहुती दिन तयार रहेको बताउनु भयो । उहाले युवा संघको नामनै अन्दोलन भएको बताउनु भएको छ । भन्नु भयो बरु सार्वोच्व शिखर सगरमाथा झुक्ला तर युवा संघ झुक्दैन ।

उहाले संविधान संशोधन नेपाली जनताको चहाना नभएको बताउनु भयो । देश विकासको अभिभार युवा सघंको काधमा आएको बताउनु भएको छ । पहारीले अहिले नेपालमा विखण्डन सोच भएका व्याक्तीले देश नै विदेशीको हातमा सुम्पीन लागेको अरोप लगाउनु भयो । उहाले भन्नु भयो संविधान लिविस्टीक होइन मन परे लगाउने मन नपरे पुछीदीने,यो कहाको प्रबृती हो ।

एमाले निकट युवासंघले बानेश्वरमा सरकारी गाडीमा आगजनी किन गरेको प्रश्नमा उहाले उहाले भन्नु भयो काठमण्डौमा हिजो भएको सरकारी गाडीमा तोडफोड समन्य भएको तर मिडियाले ठुलो प्रचार गर्यो । मिडियाले पनि हामीलाई तरो बनाएको छ । सरकारले अरिङगालको गोलमा ढुङगा नहनोस हामी संयम छौ । विदाको दिन सरकारी गाडी चलाइएकोले तोडफोड गरिएको उहाले बताउनु भयो ।
कार्यक्रममा यु्वा सघंका महासचिव किरण पौडेलले अहिले पचण्ड सरकार भारतको रअको इसारमा चलेको बताउनु भएको छ । उहाले भन्नुभयो मधेशी दलले नेपाललाई भारतसग मिसाउनाका लागि संिवधान संशोसन गराउनु अन्दोलन गरिरहेको बताउनु भयो ।

कपिलवस्तु टाइम्स १६ पुष २०७३, शनिबार १४:०१

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस