नव लक्ष्मी बचत सहकारी सस्था लि. चौथो साधरण सभा सम्पन्न
दोस्रो अघिबेसन नव लक्ष्मीमा पुनः गुप्ता
नेपालगन्ज १६ पुस । नव लक्ष्मी बचत सहकारी सस्थाले आफ्नो चौथो साधरण सभा एवम दोस्रो अघिबेसन सम्पन्न गरेको छ । अधिवेशनले आशिस गुप्ता लाई पुनः अध्यक्षमा चयन गरेको छ । सहकारीमा नौ जनाको सन्चालन समिति चयन गरीएको हो । सहकारीको आर्थिक प्रतिवेदन सस्थाका अध्यक्ष आशिस कुमार गुप्ताले प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत हरेका नेपालगन्ज उद्योग बाणिज्य सघका अध्यक्ष नन्दलाल बैश्यले सहकारीले गरिब निमुखाको हकमा काम गर्न सक्नुपर्ने बताए । उनले प्रत्येक व्यक्तीले बचत गर्ने बानिको विकास गर्नपर्नेमा जोड दिए । किसानको प्रगती नहुन्जेल राष्ट्रको प्रगती हुन नसक्ने भन्दै बैश्यले सहकारीले यसतर्फ ध्यान दिन आग्रह गरे । प्रेस स्तन्त्रता सेनानि पन्नालाल गुप्तले छोटो समयमा राम्रो प्रगती गर्न सकेको भन्दै ग्रामिण भेग सम्म यसको पहुच पु¥याउन अनुरोध गरे । जिल्ला सहकारी सघका उपाध्यक्ष अल्फाद खाँले सस्थाले देखाएको पारदर्शि प्रति प्रशन्सा गरे । उनले सहकारीले नयाँ उद्योमी तर्फ लगानि गर्न आग्रह गरे । पत्रकार महासघका केन्द्रीय सदस्य झलक गैरेले पछाडि परेका समुदायलाई अगाडि बढ्न सस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरेकोे बताए । कार्यक्रममा वरिष्ठ अधिबक्ता विजय गुप्ता, अधिबक्ता विश्वजित तिवारी, राम कुमार दिक्षित, कृष्णसार कृषि सहकारी सस्थाका अध्यक्ष पुष्पा मल्ल लगाएतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । सहकारी सस्थाले आर्थिक ंवर्ष २०७२÷७२ मा १ करोड ३१ लाख ३७ हजार ५ सय ९०को कारोबार गरेको जनाएको छ । ७ लाख ५२ हजार ७ सय १९ रुपैया आम्दानि गरेको सस्थाले खर्च कटाएर कुल नाफा १६ हजार २ सय १० गर्न सफल भएको छ ।
Facebook Comments Box
