१५ फाल्गुन २०८०, मंगलवार

पत्रकारद्धारा संयुक्त संघर्ष समिति गठन         

 

कपिलवस्तु पुस १२।।

पत्रकार महासघको सदस्य नदिएको भन्दै कपिलवस्तुका पत्रकारहरु संयुक्त संघर्ष समिति गठन गरेका छन । पत्रकार बासुदेव बर्माको अध्यक्षमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । कपिलवस्तुका क्रियाशील पत्रकारुहरु कपिलवस्तुको तौलिहवामा भेलाभई संयुक्त संघर्ष समिति गठन गरेका हुन ।नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी हैकमबाद तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ती निकालेर सबैलाई सदस्य प्रदान गर्न माग गरेका छन । नेपाल पत्रकार महासघ कपिलवस्तु शाखाले स्वच्छन्द तथा गैर लोकतान्त्रीक तरिकाले रहिआएका सदस्यहरुको सदस्यता खारेज गरेको बुझिएको छ ।

साथसाथै गोप्य तरिकाले तथा नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कामुन बमोजिम प्रक्रिया समेत मिची विभेदकारी रुपमा केहि नया सदस्यता दिलाइदिनको लागि पहल समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै यस्तो कार्यले जिल्लामा कार्यरत क्रियमशील एवं श्रमजीवी पत्रकारहरुको घोर निरासा एव आवेशको स्थीती उत्पन्न भएको नेपाल पत्रकार महासघ कपिलवस्तु शाखाले आफ्नो एकलौटी निणर्य सच्चाउनु पर्ने माग गरिएको छ । गैर लोकतन्त्रीक एवं गैर कानुनी निणर्य सच्याउनका लागि यस कपिलवस्तु पत्रकार संघर्ष संयुक्त समितीको गठन गरि अन्दोलनका कार्यक्रम घोषण गरिएको जानइएको छ । साथै सदस्य वितरणको समास्य तत्काल समाधान गर्न माग गरिएको छ ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट