२३ कार्तिक २०८१, शुक्रबार

सहज सहकारीद्धारा चार घर अग्नी प्रभावितलाई राहत वितरण

15785707_1201492433260387_511908863_o
सनिउल्ला धोबी,कपिलवस्तु पुस १५
कपिलवस्तुको पत्थरदेइया पारसडिहवामा यहि पुस ९ गते शनिवार लगेको आगोबाट पिडित बनेका चार घर अग्नी प्रभावितलाई राहत वितरण गरिएको छ । कपिलवस्तुको चद्रौटामा रहेको सहज बचत तथा ऋण सहकारी संस्थाले अग्नी प्रभावितहरुलाई राहत स्वरुप कम्बल र सल वितरण गरेको छ । अग्नी प्रभावित बृजलाल कोरी, तुल्सीराम कोरी, राम नेवास कोरी र राजु कोरीलाई राहत वितरण गरिएको हो । जाडो छल्नाको लागि प्रभावितहरुलाइृ न्यानो कपाड वितरण गरिएको हो ।
सहज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खडकाले राहत वितरण गर्नुभएको थियो । सो राहत वितरण कार्यक्रममा सहज बचत तथा ऋण सहकारी संस्थाका व्यस्थापक काल्लु थारु, स्थानिय समाजसेवीको रोहवारमा राहत समग्री वितरण गरिएको थियो । सहज बचत तथा ऋण सहकारी संस्थाले राहतकोष स्थापन गरि आप्नो शेयर सदस्यहरुलाई सहयोग गर्दै आएको छ । सस्थाले गरिब, विपन्न, दुखमा पारेका र प्रकोपबाट प्रभावित सदस्यहरुलाई सहयोग गरेको सस्थाका अध्यक्ष दिपक खडकाले जानकारी दिनु भयो । राहत पाएपछी अग्नी प्रभावित खुसी व्यक्त गरेका थिए ।
पुस ९ गते शनिवार विद्युत सर्ट भई आगलागी भएको स्थनियले अनुमान गरेका थिए । तुलसीराम कोरीको घरबाट लागेको आगोबाट ६ लाख ७५ हजार बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

धेरै कमेन्ट गरिएका