१४ बैशाख २०८१, शुक्रबार

भिल्मी गाविसको गाउ परिषद सम्पन्न

कपिलवस्तु,पुस ११
कपिलवस्तुको भिल्मी गाविसको गाउ परिषद सम्पन्न भएको छ । परिषदमा भिल्मी गाउ विकास समितिका सचिव अंशु वर्माले गत अर्थिक बर्ष २०७२, ०७३ को कुल ६८ लाख रकम खर्च भएको र अर्थिक बर्ष २०७३,७४ को १ करोड ७ लाख रकम विकासका लागि विनियोजित गरेको प्रतिवेदन सर्वजनिक गर्नु भएको थियो । त्यस्तै सचिव वर्माले आउने बर्षमा रु १ करोड ३५ लाख रकम आय हुने अनुमानित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

गाविस सचिव अंशु वर्माको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि जेष्ठ नागरिक मनावर मुसालमान रहनु भएको थियो । विशिष्ट अतिथीमा फलहारी बाबा बहुमुखी क्याम्पसका प्राचार्य राम बहादुर गुप्ता रहनु भएको थियो ।

भिल्मी गाविसका सहायक राम किशोर नाउको सञ्चालनमा भएको कार्यक्रममा भिल्मी स्वाथ्य चोकीका अहेव शाहिद अलीले सवागत गर्नुभएको थियो । सो गाउ परिषदमा भिल्मीका १ सय पचास भन्दा बढी नागरिकहरुको सहभगीता रहेको सहकर्मी प्रतिमा विश्वाकर्माले जानकारी दिनु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट