२२ बैशाख २०८१, शनिबार

कपिलबस्तुमा ४५ क्युफिट सालको काठ बरामद

14915090_1082758718446481_674648972_n-2
सनिउल्ला धोबी कपिलवस्तु कार्तिक १५
कपिलबस्तुमा रहेको मायादेबी साझेदारी बनबाट सालका गोलिया तथा साइकल र आरा बरामाद गरिएको छ ।

सुराकीको आधारमा रेन्जर, शसस्त्र बन रक्षक तथा हेरालुहरुको सक्रियतामा गएराति मायादेबी साझेदारी बन क्षेत्रमा गस्ती गर्दा कोठीखोलाको पश्चिम बेसारघारी भन्ने बनक्षेत्रबाट सालका गोलिया तथा साइकल र आरा बरामाद गरिएको छ ।

५ वटा साईकल र १ थान आरा सहित ४५।४७क्युफिट साल जातका गोलिया काठ बरामद गरिएको जिल्ला बन कार्यालय कपिलबस्तुका उपसचिव कृष्ण न्योपानेले जानकारी दिएका छन ।

काठको चोरीमा संगलग्न व्यक्तिहरु भाग्न सफल भएपनि खोजिकार्य तिब्र पारिएको छ । बरामद काठलाई सेक्टर बन कार्यालय पिपरामा राखिएको स्रोतले बताएको छ ।

कपिलवस्तु टाइम्स १५ कार्तिक २०७३, सोमबार १६:३५

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस