१२ बैशाख २०८१, बुधबार

रहिशको पहिलो अभिनयबाट दुनिया दिवाना

rahish-shaha-pic-by-saniulla
सनिउल्ला धोबी,
कपिलवस्तु कार्तिक १५,कपिलवस्तुको शिवराज नगरपालिका १० खैरी निवासी रहिश शाह अहिले चर्चाको शिखरमा पुगेका छन । उनले मोडलीङ गरेको दुई गीत सुपरहित भएपछी उनको चर्चा बढेको छ । रहिशलाई अहिले ठुलो पर्दाको फिल्म, विभिन्न टेली शृङखला,नेपाली अधुनिक गीत ,भोजपुरी गीत, थारु गीतमा समेत अभिनय गर्न अवसरहरु आइरहेका छन ।
रहिशले कपिलवस्तुको कै चर्चिक गायक श्रीनिवास चौधरीकाको कर्ण प्रीय अवाजमा रहेको दुई गीतमा मोडलीङ सुरुवात गरी चर्चित भएका हुन । लक्ष्मी शार्माको शब्द रहेको सयौ डाडँ काटी गयौ एक्लै पारेर र मेरा मनका व्यथाहरु मन भित्रै रह्यौ भन्ने गितमा रहिशले पहिलो पटक अभिनय गरि चर्चाको शिखरमा पुगेका छन ।
 
( लिंकमा क्लीक गरी भिडियो हेर्नुहोस् । १. मेरा मनका व्यथाहरु मन भित्रै रह्यौhttps://www.youtube.com/watch?v=NMEVivg3tio ) २.सयौ डाडँ काटी गयौ एक्लै पारेरhttps://www.youtube.com/watch?v=gfQRLvSkKpk )
 
अहिले रहिशलाई देश विदेशबाट समेत गीतमा अभिनय अवसरहरु आइरहेको उनले बताए । रहिश अब केहि दिनमा भारतको उत्तर प्रदेशको गोरखपुरमा एक भोजपुरी गीतमा चाडै नै अभिनय गर्न जाने बताउनु भयो ।
डायनमिक म्युजिक कम्पानीमा बन्ना लागेको भोजपुरी गितमा रहिशले सेन्टीमेन्टर भुमिकानिर्वाह गर्ने बताइएको छ ।
 
रहिशको मिलेको शरिर, उचाई र हाउभाउ सुपार रहेको भन्दै उनलाई रोजेको डायनमिक म्युजिक कम्पानीका डायरेक्टर सलिक सेठले बताउनु भयो ।
जापानमा रहेका नेपाली युवाहरु समेत रहिशको अभिनय सुपर रहेको बताउदै आफुहरुको भिडियोमा पनि रहिशलाई राख्ने योजना रहेको जापानमा रहेका नेपाली युवा विक्रम कोइरालाले बताउनु भयो ।
 
रहिशलाई खाडी मुलकमा रहेका युवाहरुले पनि सहयोग गर्ने योजना बनाएको कतारमा रहेका नेपाली युवा समाजका अध्यक्ष मोह्म्द फारुखले बताउनु भएको छ ।
रहिशको पहिलो अभिनय नै राम्रो भएपछी उनलाई अहिले सबैले सफल कार्यको शुभकामना समेत दिएका छन । सहिशलाई अभिनय गराउदा सजिलो रहेको निर्देशक गिरिस रिजालले जानकारी बताउनु भयो ।
सायौ डाडा कटि गए गयौ एक्लै पारेर, मेरा मनका व्याथाहरु गीतमा रहिश सग ऐलिना रिजाल र पुनम सुनारले पनि भुमिका निर्वाह गरेका छन । दुइटै गितमा संगितकार विकास चौधरीले संगीत भर्नु भएको छ । गीतको छायांकन कपिवलस्तुको विभिन्न ठाउमा भएको थियो ।
करिब चार बर्ष पहिले सपना एल्बमका गितहरु रेकार्ड भएका थिए । केहि करणबस गितको छायांकन ढिलो गरीएको लक्ष्मी शर्माले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट