१४ बैशाख २०८१, शुक्रबार

आझै पनि रुकेन पशु चोरी पशुपालकहरु चिन्तित ।।

निरहु यादव कपिलवस्तु , १२ कार्तिक । कपिलवस्तुमा केहि दिनदेखि चोरीहरु बढेकोले गाउलेहरु चिन्तित भएका छन । गए राति गा.बि.स. भिल्मी २ भिल्मी बस्ने मन्गट्ठु यादव को गोठबाट एक जोडी ठूलो राँगा, २ भैंसी र पाडी गरि ५ पशु चोरी भएको छ । पशु चोरी यहाँका ठूलो समस्या भइसकेकोले त्यसलाई आफ्नो तरिकाले खोज अनुसन्धान गरिरहेको कुरा प्रहरी चौकी भिल्मीका प्रमुख चेतलाल बि. क. ले बताए ।त्यस्तै गरि गएको असोज १४ गते सोही भिल्मी ९ डेरवा बस्ने बिजय कुमार यादवको गोठ पनि एक जोडी राँगा चोरी भएको थियोे र सोही राति छिमेकी गाउँ पुरुषोत्तमपुरमा बस्ने रामतिरथ बरईको एक जोडी राँगा थियोे र सो बिषयमा कुरा गर्दा आफूलाई जानकारी नभएको ईप्रका कृष्णनगरका प्रमुख संजय रिजालले बताए । केही हप्ता अगाडि बहादुरगन्जको बिजयनगर र बिद्यानगरको औरहवामा, भिल्मीको डेरवा र पुरुषोत्तमपुरमा राँगाहरुको चोरी भएको र विभिन्न ठाउँमा पशु चोरको हल्ला सुनेकोले निद्रा खुलेपछि पशुहरुलाई ख्याल गर्ने गरेकोले गए राति लगभग साढे ४ बजे पशुहरु गोठमा नहुदा चोरेको संका लगेको र राति देखि आफन्तहरु मिलेर खोजी गरिएको र प्रहरीलाई समेत जानकारी दिएको पशुपालक यादवले बताएका थिए । बिजयनगरको पशु चोरीको सन्दर्भमा कुरा गर्दा कसैले उजुरी नदिएकोले कहिले, कहाँ , कति , कसको चोरी भएको हो भन्ने केही जानकारी नभएको तर हल्ला मात्र सुनेको कुरा ईलाका प्रहरी कार्यालय बहादुरगन्जका नायब निरीक्षक दिपेन्द्रराज गिरीले बताए । उता औरहवाको राँगा चोरीको कुरा गर्दा त्यो कुरा सुनेको तर उजुरी नपरेकोले आफुले चासो नदिएको कुरा ईप्रका गणेशपुरका प्रमुख सुनिल प्रधानले बताए । तर किसानहरुको यो समस्यालाई जानीजानी बेवास्ता गरेको बिजयनगरका रामअवतार यादवले गुनासो गर्दछन। चारैतिर प्रहरीहरुको गस्ती हुँदा समेत चोरहरु सफल हुँदा किसानहरु चिन्तित भएका छन र बिशेष निगरानी समेत गरिरहेका छन।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट