१२ बैशाख २०८१, बुधबार

मोटरसाइकल सहित गिरोह प्रक्राउ ।।

unnamed-copyकपिलवस्तु (चन्द्रौटा) । कपिलवस्तुको चन्द्रौटामा पछिल्लो समयमा मोटरसाइकल चोरिका घटनाहरु व्यापक रुपमा आएका थिए । दशैको आसपासमा मात्र यस क्षेत्रवाट पाच वटा मोटरसाइकल चोरि भए । आठ महिनाको अन्तरालमै आठ वटा भन्दा वढि मोटरसाइकल चोरि हुदा स्थानियहरुले प्रहरि प्रशासनलाई समेत संका गर्न थालिसकेका थिए ।चोरहरुको भेला भएको समेत विभिन्न संचार माध्यममा आइसकेको थियो ।
वेचन गुप्ता,पदम ढकाल, सुरेन्द्र प्रसाद चौधरि,सिराज खान,तिलक गैरे,अनुरुद्ध सापकोटा,विष्णु हमाल,आर्यन खान,केश वहादुर सिंजालि को मोटरसाइल हराएको थियो ।त्यस मध्य केश वहादुर सिंजालिको लु ८ प ४६९३ नम्वरको मोटरसाइकल चोरि गर्दै गर्दे कत्तिक ७ गते दुइ व्यक्ति लाई कपिलवस्तुको शिवपुरमा प्रहरिले रङ्गेहात पक्राउ गरेको थियो ।असोज २६ गते राति शिवराज नगरपालिका चन्द्रौटा वस्ने विष्णु हमालको लु १८ प २३९८ नम्वरको मोटरसाइकल चोरि भएको अर्को दिन शिवपुरको एक झाडिमा फेला परेको थियो ।
प्रहरि अन्य चार मोटरसाइल सहित चोरि गर्ने चार व्याक्तिलाई नियन्त्रणमा लिइ शुक्रवार सार्वजनिक गरेको छ । अहिले सम्म सिराज खान,तिलक गैरे,अनुरुद्ध सापकोटा,विष्णु हमाल,आर्यन खान,केश वहादुर सिंजालि को मोटरसाइक फेला परिसकेको छ । अन्यको खोजि भइरहेको वडा प्रहरि कार्यलय चन्द्रौटका प्रहरि निरिक्षक झविन्द्र भट्टराइले जानकारि दिनु भएको छ
पक्राउ पर्नेमा दाङ लमही नगरपालिका २ का १८ वर्षिय सन्तोष लामा, सोहि ठाउ वस्ने २१ वर्षीय लक्ष्मण थारु,लमही नगरपालिका ८ वस्ने ३० वर्षीय ओसिम खान र सोहि ठाउ वस्ने १७ वर्षीय अंकुर न्यौपाने रहेका छन ।चोरि गर्ने व्यक्तिलाई कानुन अनुसार कारवाहि गरिने प्रहरि निरिक्षक भट्टराइले वताउनुभयो ।

Subodh Regmi १३ कार्तिक २०७३, शनिबार ०२:२१

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस