कपिलबस्तु १२ कार्तिक । कपिलवस्तुको चन्द्रौटाबाट केहि समय पहिले देखि चोरी भएका मोटरसाइकलहरु दाङबाट बरामद भएका छन् । चोरी भएका ५ मोटरसाइकलसहित अहिले सम्म ४ जना चोरहरु पनि पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाको विशेष अनुसन्धान टोलीले मोटरसाइकलसहित चोरहरुलाई पनि पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका ८ का ३० वर्षीय ओसिम खान, १७ वर्षीय अंकुर न्यौपाने हिजो पक्राउ परेका छन् । कात्तिक ७ गते दाङ लमही नगरपालिका २ का १८ वर्षीय सन्तोष लामा, सो स्थानका लक्ष्मण चौधरीलाई प्रहरीले पत्रकार सम्मेलनमा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । मोटरसाइकल चोरीका घटना बढेको गुनासो बढे सँगै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको स्टीङ अपरेसन टिमले चोरहरुलाई रंगेहात पक्राउ गरेको थियो ।हालसम्म चोरी भएकामध्ये सिराज खान डाक्टरको लु २० प ९४१७, विष्णु हमालको लु १८ प २३९८, तिलक गैरेको लु १२ प ४७७७, अनिरुद्र सापकोटाको लु २६ प ७६०४, आर्यन खानको लु २२ प ९४३९ नम्बरको निलो रङको पल्सर मोटरसाइकल र टोपबहादुर थापाको लु ८ प ४६९३ नम्बरको मोटरसाइकल फेला परिसकेका छन् । बेचन गुप्ताको लु १६ प ५०७४, पदम ढकालको लु १३ प ५५५४ को मोटरसाइकलको भने खोजी कार्य जारी छ ।
3