११ फाल्गुन २०८०, शुक्रबार

काठ तस्कारमा प्रयोग हुने तिन मोटरसाइकल बरामद

bike-1

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक १३
पछिल्लो समय जिल्ला वन कार्यलाय कपिलवस्तुले वन गस्तीलाई तिव्र बनाएको छ । वन गस्ती गर्ने क्रममा गएराती ईलाका वन कार्यलाय गोरुसिङेका कर्मचारी र बन हेरालुको संयुक्त टोलिले तिन मोटरसाइल बरामत गरेका छन ।
काठ चोरीमा संलग्न लु २५ प ६४३ , लु २१ प ८७७६ र लु १८ प ९३७७ नम्बरको रहेका छन ।
राती साढे ११ बजे बलहुन्द्रा खोलाको पश्चिम तिलौराकोट साझेदारी बन क्षेत्रबाट रुख काटी ओसारपसारमा संलग्न ३ वटा साईन मोटरसाइकल बरामद गरेको गरिएको जिल्ला वन कार्यलाय कपिवस्तुका उप सचिव कृष्ण न्यौपानेले बताउनु भयो ।
काठ तस्कारहरु गस्ती टोलिलाई देखि फरार भएका थिए । बरामत मोटरसाइकलको नम्बरको आधारमा काठ तस्कारहरुको खोजी कार्य जारी रहेको जिल्ला वन कार्यलय कपिलवस्तुले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट