१३ बैशाख २०८१, बिहीबार

चन्द्रौटामा औद्योगिक, कृषि एवं पर्यटन महोत्सव हुने

mohatsaw

सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक १४
कपिलवस्तुको जिल्लाको कृषि, पर्यटन,उद्यँेग,व्यावार, अर्थिक समृद्धी लागि तेस्रो चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३ हुने भएको छ । कपिलवस्तु व्यापार संघको अयोजनामा यहि मंसीर २ गते देखि १२ गते सम्म चन्द्रौटामा महोत्सव संचालन गर्न लागेका हुन् ।

कपिलवस्तुमा रहेका पर्यटकीय स्थालहरुको प्रवर्धन र बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई विशेष सहयोग गर्ने उद्धेश्यले महोत्सव अयोजना गरीएको हो ।
जिल्लाको कृषि र पर्यटनलाई मुख्य केन्द्र विन्दुमा राखेर महोत्सवको आयोजना गरिएको महोत्सव मुल अयोजक समितिका सयोजक महादेव पोखरेलले बताउनुभयो ।
महोत्सवमा औद्योगिक उत्पादन, पर्यटकिय स्थानको अवलोकन , बाल उद्यान, शैक्ष्ँिक प्रादार्शिनी, मनोरञ्जकका साधन, सस्तो पसल, कृषिजन्य उपज अन्तर्गत विशेष स्गानिय परिकारहरु लगाएतका विभिन्न वस्तुहरु मेलामा प्रदर्शन गरिने आयोजकले जनाएको छ । स्थानिय उत्पादन, ऐतिहासिक पर्यटकिय स्थल तथा विभिन्न ब्यापारीक समाग्री स्टलहरु महोत्सव मा राखिने छ ।

विभिन्न लोकप्रिय कलाकारका साथमा गरीने महोत्सवमा ८० लाख रुपैया खर्च हुने अनुमान गरीएको छ । महोत्सव को अयोजनाका लागी संघले पारम्भिक कार्य स्वरुप जग्गा छनौट तथा विभिन्न उपसमिति निर्माण गरीसकेको छ ।
महोत्सव स्थलमा उचित खानेपानि,सवारी पार्किग तथा स्टल निर्माणका लागी संघले छिटै उचित ब्यवस्था गरीरहेको अध्यक्ष पोखरेललेको भनाई छ ।
महोत्सववाट स्थानिय स्तरमा उत्पादीत कृषी जन्य वस्तु हरुको वजारी करणका साथै कृषकको क्षमता प्रदर्शन गर्ने अवसर जुटने प्रेस संयोजक राजु खरालले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट