२३ बैशाख २०८१, आईतवार

नेपालले हिन्दु राष्ट्र र हिन्दुत्वको प्रतिनिधित्व गर्नुपर्छ

लुम्बिनी । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबर्द्धन मठका शंकराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दुत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् ।

भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शंकराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, ‘हिन्दुत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।’ उनले नेपाललाई हिन्दूराष्ट्रका रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिए । नेपालको सुरक्षाका लागि पनि हिन्दूराष्ट्र जरुरी रहेको उनको दाबी छ ।

भैरहवाको महेन्द्र सभागृहको सभाहलमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोवरसम्म हिन्दुत्वको प्रभाव बढाउने पनि बताए । उनले भने, ‘पूरा एसिया महाद्वीप हिन्दूराष्ट्रका रूपमा स्थापित हुनेछ ।’

श्रीनिश्चलानन्दले सनातन आर्य वैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुर्व्यसनबाट मुक्त हुँदै आर्थिक रूपले पनि सम्पन्नशाली हुँदै जाने बताए । उनले पूरा विश्व अर्थका लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्यम नै सनातन आर्य वैदिक हिन्दुत्वको अंगीकार भएको बताए ।

नेपालका धर्मगुरुहरूको उपस्थिति रहेको उक्त धर्मसभामा शंकराचार्य स्वामी श्रीनिश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो । कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्मसभामा शंकर खराल, डा. चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए । रासस / नयाँपत्रिका

कपिलवस्तु टाइम्स १० कार्तिक २०७८, बुधबार ०१:१३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस