५ जेष्ठ २०८१, शनिबार

तालिबानले कामदारलाई तलबको सट्टा गहुँ दिने

फाइल तस्बिर

काबुल । तालिबानको अन्तरिम सरकारले कामदारलाई तलबको सट्टा गहुँ दिने निर्णय गरेको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी र आर्थिक संकट आउने चेतावनी दिएपछि तालिबान सरकारले सो निर्णय गरेको हो।

तालिबान सरकारले सो निर्णयअन्र्तगत हजारौँ कामदारलाई तलब भत्ताको सट्टा गहुँ उपलब्ध गराउने कार्यक्रम लागू गरेको बताइएको छ।

तालिबानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा बताएअनुसार अफगानिस्तानका मुख्य सहर र केन्द्रहरुमा काम गर्ने कामदारलाई सरकारले तलबको सट्टा गहुँ वितरण गर्नेछ। भोकमरीसँग सामना गर्न सरकारले भोकमरीको चपेटामा परेका कामदारलाई तलबको सट्टा गहुँ वितरण गर्ने निर्णय गरेको हो।

अफगानिस्तानको राजधानी काबुलमा मात्र करिब ४० हजार पुरुष कामदार रहेको बताइएको छ। अफगानिस्तानका करिब २ करोड जनता चाँडै खाद्य संकटको चपेटामा पर्ने संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट