टी–२० विश्वकपमा पाकिस्तानको जितको खुसी मनाउनेमाथि आतंकवादी मुद्दा
श्रीनगर । पाकिस्तानको जितमा खुसीयाली मनाउने कस्मिरका विद्यार्थीमाथि आतंकवादी मुद्दा दायर भएको छ। आतइबार भएको टी–२० विश्वकप क्रिकेटमा भारतविरुद्ध पाकिस्तानले जित निकाल्दा खुसीयाली मनाउने कस्मिरका विद्यार्थीमाथि सो मुद्दा दायर भएको हो।
युएईमा आइतबार राति पाकिस्तान र भारतबीच भएको खेलमा पाकिस्तान १० विकेटल विजयी भएको थियो। भारतको हारमा रमाएको भन्दै पाकिस्तानको जितमा खुसीयाली मनाउने मेडिकल साइन्सका विद्यार्थीमाथि आतंकवादविरुद्धको मुद्दा दायर भएको प्रहरीले जनाएको छ।
सरकारी मेडिकल कलेज र शेर ई कस्मिर इन्स्टिच्युट अफ मेडिकल साइन्सका दर्जनौँ विद्यार्थीमाथि अवैध गतिविधि गरेको र राष्ट्रिय भावनामा चोट पुर्याएको भन्दै दुई वटा मुद्दा दायर भएको अलजजिराले जनाएको छ।
Facebook Comments Box
