५ जेष्ठ २०८१, शनिबार

एमसीसी पास हुन्छ यो अनुदान हो चीनिया ऋण जस्तो छैन – प्रम देउवा


कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सन​बारे गठबन्धनले निर्णय गर्ने बताएका छन् । कैलालीको धनगढीमा प्रेस युनियनले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले चाहेर मात्र अर्ली इलेक्सन नहुने बताए । साथै प्रधानमन्त्री देउवाले एमसीसी पास गरिने पनि बताएका छन् । देउवाले भने, ‘एमसीसी पास हुन्छ। यो ठूलो अनुदान हो, ऋण होइन । यो नेपालकै कानुन अनुसार हुन्छ । यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन्, हद भइसक्यो,’ देउवाको भनाई थियो । यो कुरा सुनेर चीनलाई ठुलो धक्का लागेको होला किन अहिले चीन ताईवान र अमेरिका बिवाद शुरु भएको छ । साथै चिनले आफ्नो नीति बिस्तार गर्दै वान बेलट वान रोड को अवधारणा ल्याएकोले पछिल्लो सरकारले केही गर्न न सकेनि अहिले प्रधानमन्त्री देउवाले एमसीसी बारे खुलेर कुरा बुझाई रहेका छन । कम्युनिस्ट जस्तो हस्ताक्षर पनि गर्ने अनि रोक्ने पनि आफै जस्तो छैन ।

अहिले सत्तारुढ काँग्रेस र विपक्षी एमालेमा अर्ली इलेक्सनको चर्चा भइरहेका बेला गठबन्धनले निर्णय लिने बताए । यस्तै सुदूरपश्चिम प्रदेशका बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले तत्काल उद्धार र राहतको व्यवस्था गरिने आश्वासन दिए । बाढी–पहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने उनले बताए ।एसीपिनेपाल

कपिलवस्तु टाइम्स ६ कार्तिक २०७८, शनिबार १६:१३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस