१४ बैशाख २०८१, शुक्रबार

बिषादी प्रयाेग भएका दस क्वीन्टल केरा नष्ट ,दशै नजिकदै बजार अनुगमन तिव्र।

कपिलवस्तु ,असाेज ४। दशैं तिहारलाई मध्यनजर गर्दै प्रशासनले जिल्लाकाे कृष्णनगर बजार अनुगमन गरेकाे छ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला खाद्य निरिक्षक काे टाेलीले कृष्णनगर इप्रका समन्वयमा दशै र तिहारकाे मध्यनजर कृष्णनगर बजार अनुगमन गरेकाे छ । अखाद्य पदार्थबाट सर्वसाधारणकाे स्वास्थमा हुन सकने असरबाट जाेगाउन अनुगमन थालिएकाे प्रशासकीय अधिकृत पुनाराम पाैडेलकाे बताए ।
कृष्णनगर बाजारकाे पुजा मिठाई पसल, कृष्ण गेष्ट हाउस,क्वलिटि र अामा हाेटेलका साथै मदिरा पसल लगायत विभिन्न किरानाकाे समानहरु चेकजांच गरिएकाे थियाे । अनुगमन क्रममा बिषादी प्रयाेग गरिएकाे तीस हजार बराबरकाे दस क्वीन्टल केरालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पाैडेल,इलाका प्रशासन कार्यालय चन्द्राैटाका अधिकृत जगदीश अार्याल तथा खाद्य निरिक्षक शंकर न्यापानेकाे राेहवरमा प्रहरीले नष्ट गरेकाे थियाे ।
अाउंदै गरेकाे चांडपर्वमा उपभाेक्तालाई संचेत गराउन अधिकृत अार्यालले कृष्णनगर बजारमा सरसफाई र मिलावटी खाद्य बस्तुमा विशेष सावधान रहन सुझाव दिएका थिए ।

अनुगमन टाेलीमा प्रशासन कार्यालय, जिल्ला खाद्ध निरिक्षकका साथै स्थानिय निकायका प्रतिधिनि संजय गुप्ता,उद्योग वाणिज्य संघका सचिव घनश्यामदास अग्रवाल तथा संचारकर्मीहरु पनि थिए ।

४ आश्विन २०७४, बुधबार १५:०६

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस