२८ भाद्र २०८१, शुक्रबार

कपिलबस्तुमा नक्कली मार्कसिट बनाउने गिराेह सक्रिय

कपिलबस्तु, भाद्र १६ । जिल्लामा नक्कली भारतीय मार्कसिट बनाउने दलालहरुकाे सक्रियता बढेकाे छ ।

कपिलबस्तु जिल्ला भारतीय सिमासंग सटेका कारण नक्कली भारतीय बाेर्डहरुले अाफ्ना दलाल राखेर नक्कली मार्कसिट बनाउदै गरेका तथ्य फेला परेकाे छ । भारतमा नक्कली बाेर्डकाे नाममा वेबपेज बनाएर नाम दर्ता गर्ने तथा जुलाई सम्ममा मार्कसिट , स्थानान्तरण प्रमाणपत्र समेत दिने गरेकाे पाईएका छन ।

दलालहरु पन्द्रह देखि पचीस हजारसम्म लिने गरेकाे स्राेतले जनाएकाे छ । दलालहरुले सिन्डकेट बनाएर कपिलबस्तु जिल्ला वरपर पनि मार्कसिटकाे धन्धा चलाउदै अाएका छन । नक्कली बाेर्डकाे नाममा बनाएकाे वेबपेजले दलालले उपलब्ध गराउने मार्कसिटमा रहेकाे सिम्बाेल नम्बर मात्र परिक्षाफल देखाउंछ र अन्य सिम्बाेल नम्बरलाई अमान्य देखाउछ । भारतका राजिष्ट्रर्ड बाेर्डहरुकाे लिस्ट निकाल्दा नक्कली बाेर्डहरुकाे नाम मात्र देखिन्छ । बाेर्ड अाफ हाइयर सेकेन्डरी एजुकेसन , दिल्ली त्यस मध्ये एक हाे जसकाे नाम बाेर्ड लिस्ट छैन र अाफ्नै वेबपेज बनाई नेपाली बिद्यार्थीहरुलाई झुक्याउने गरेकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट