गैरअावासिय नेपालीसंघमा कपिलबस्तुका दुई उम्मेदवार
कपिलबस्तु । गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) चिनको आसन्न छैठो अधिबेशनमा कपिलवस्तु जिल्लाका दुई गैरआवासिय नेपाली उम्मेदबार बनेका छन । यहि ३ सेप्टेम्बरमा एनआरएनए एनसिसी चिनको छैठौ अधिबेशनले सन २०१७ देखी २०१९ सम्म दुई बर्षे कार्यकालका लागी चयन गर्ने निर्वाचनमा कपिलवस्तु जिल्लाबाट चिन गएका शुसिल बेल्बासे महासचिव पदमा र मिर्जा रासिद बेग कार्य समिती सदस्य पदमा निर्वाचन लडेका छन ।
कपिलवस्तुका दुबै उम्मेदबार विगत १५ वर्ष देखि चीनमा बसोबास गर्दै आएका प्रदिप न्यौपाने नेतृत्वको स्वतन्त्र उम्मेदबारी दिएका बैचारिक कार्यगत एकता समुहका तर्फबाट उम्मेदबार बनेका हुन । निर्वाचनमा न्यौपाने नेतृत्वको टोली र संजय कुमार चेतानी नेतृत्वको टोली बिच प्रतिश्पर्धा हुने जनाईको छ । १७ सदस्यिय कार्य समितीको निर्वाचनमा दुबै प्यानलका गरि ३४ जना उम्मेदबार बनेका छन ।
महासचिवमा उम्मेदबारी दिएका बेल्बासेले कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको बुड्ढी स्थाइ घर भई विगत ११ वर्ष देखि चीनमा बसोबास गरि कारोवार गर्दै आएका छन् । सन २००७ मा संस्था स्थापना भए देखी नै सक्रिय रहेका उनले २००७ बाट कार्यसमिति सदस्य हुदै एक कार्यकाल सचिवको जिम्मेवारी पुरा गरीसकेका छन् । एनआरएनको विधान र निर्वाचन नियमावलीमा राम्रो दक्ष तथा जानका भएको ब्यक्तिको रुपमा योगदान पु¥याउदै अघि बढेका छन् ।
बेल्बासेले निर्वाचनमा महासचिव पद जित्न निर्मल शर्मा चौलागाई सँग प्रतिश्पर्धा गर्ने छन । त्यसै गरि कार्य समिती सदस्य पदमा उम्मेदबार बनेका मिर्जा रसिद बेग जिल्लाको कृष्ण्ननगर नगरपालिका ३ लक्ष्मीनगर स्थाई घर भै सन २००४ देखी चिनमा कम्प्युटर र ईन्टरनेट सँग सम्बन्धित व्यवसाय अगाल्दै आएका छन ।
चीनमा बसोबास गर्ने नेपाली ब्यापारी, ब्यवसायी, पेशाकर्मी र विद्यार्थी लगायतलाई संगठीत गरी २००७ मा एनआरएन चीनमा पनि राष्ट्रिय समन्वय परिषद्को स्थापना भएको हो । हालसम्म ४ सय भन्दा बढी सदस्य संख्या रहेको चीनमा करिव ४ हजार ५ सय नेपाली रहेको अनुमान छ । चीन अमेरीका पछि दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । एनआरएनए चीन संख्यात्मक हिसावले निकै सानो रहेता पनि नेपालमा कुनै पनि प्रकोप आएको समयमा ठूलो मात्रामा स्वस्फूर्तरुपमा राहत संकलन हुने देश मध्ये एक हो । दुई वर्ष अघि गएको महाभूकम्पको समयमा एनआरएनएकै पहलमा १ करोड ५० लाख संकलन गरी आकस्मिक राहतका साथै पुर्ननिर्माणका लागि पठाएका थिए । हालै नेपालको पूर्वि तराइमा गएको बाढी पिडीतका लागि पनि क्षेत्रीय संगठन इयू र एनसीसीको सक्रियतामा ४० लाख राहत संकलन गरिएको जनाईएको छ ।