कपिलबस्तु ,भाद्र २९। जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे यश अार्थिक बर्षकाे नगर सभा अाज सम्पन्न भएकाे छ ।
अार्थिक ०७४/७५ मा नगरपालिकाले कुल ४९कराेड ५५ लाख ४९ हजार बराबरकाे बजेट विनियाेन गरेकाे जानकारी कार्यकारी अधिकृत गणेश प्रसाद अर्यालले दिएका छन ।यस अार्थिक बर्षमा वित्तिय अनुदान २९ कराेड ८१ लाख , सशर्त अनुदान ८कराेड ८० लाख ,समाजिक सुरक्षा तर्फ ६ कराेड , अान्तरिक अाय १ कराेड ७७ लाख तथा गत बर्षकाे अ.ल्या. ३कराेड १७ लाख गरि कुल ४९कराेड ५५लाखकाे अाम्दनी बांधिएकाे छ । त्यसैगरि चालु अार्थिक बर्षमा कार्यालय संचालनका लागि ६ कराेड ९५ लाख, बिषयगत क्षेत्रमा ८कराेड ७९ लाख तथा वडा एवं नगरस्तरिय याेजनामा कुल २० कराेड ३४ लाख बजेट विनियाेजन गरिएकाे छ । यसमा बाटाे ,पुल मर्मत तथा निमार्णमा बढी बजेट खर्चिने भएकाे छ साथै नगरकाे सरसफाई प्रति विशेष ध्यान दिइएकाे नगर प्रमुख रजत प्रताप शाहले बताए । उनले भने नगरभित्रका विद्यालयहरुकाे शिक्षा स्तर सुधार्न अनुगमन समिति बनाइने छ , शिवराज अस्मा्पतालमा ट्रामा सेन्टरकाे लागि अावश्यक पहल गरिनुका साथै फाेहाेर व्यावस्थापनमा पनि उचित कदम उठाईने छ ।
कृष्णनगर उद्योग वाणिज्य संघकाे हालमा शुरु भएकाे नगरसभाकाे प्रमुख अतिथि पुर्वराज्यमन्त्री तथा सांसद सुरेन्द्रराज अाचार्य थिए त्यसैगरि जिल्ला समन्वय समितिकी उपाध्यक्षा तारादेवी चाैधरी लगायत विभिन्न नगरपालिकाका नगरप्रमुख ,उपप्रमुख ,संघसंस्थाका प्रतिनिधि तथा स्थानिय समाजसेवीहरुकाे उपस्थिति थियाे । कार्यक्रमकाे अध्यक्षता नगरप्रमुख रजत प्रताप शाहकाे थियाे भने संचालन जंगबहादुर शाहीले गरेका थिए ।
3