१ बैशाख २०८१, शनिबार

उपमेयर उम्मेदवार रम्भाकाे रैली जारी ।।

 चन्दन रााैनियार
पर्सा, २९भाद्र । राष्टिय जनता पार्टी नेपालबाट विरगंज महानगरपालिकाको उपमेयर पदका उम्मेदवार बनेकी रम्भा मिश्राको घरदैलो रैली जारी रहेको छ ।
जनताहरुबाट उत्साह थपिदैं गए पछि रम्भाको घरदैलो रैलीले अझ थप्प बल पाएको उनका समर्थकहरु बताउछन् । आज बिरगंज महानगरपालिका अन्तर्गतको छप्कैया ,श्रिपुर ,मुरलि,गहवा,लक्षमनुवा,रामटोल,मिथलानगर,कुमारटोल, जगरनाथपुर,बेलुवामा चुनावी सभा एवं घर दैलो सम्पन्न गरियो।
राजपा नेपाल एक मात्र मधेस को सच्चा पहरेदार भएकोले साइकल छापमा मतदान गरौं राजपा नेपालको सबै पैनललाई बिजय बनाऔं भने मुल नाराका साथ घरदैलो अभियान चलि रहेको उपमेयरका उम्मेदवार मिश्राले बताउनु भयो
राजपाका पर्सा बरिष्ठउपाअध्यक्ष राएन मिश्रा ,महानगर उपाध्यक्ष सुरेश शाह कानु ,प्रेस मञ्चका केन्द्रीय अध्यक्ष सन्तोष पटेल प्रेस मञ्च केन्द्रीय सदस्य चन्दन रौनियार ,महिला नैत्रि बबिता मिश्रा लगाउतको उपस्थिति थियोे

धेरै कमेन्ट गरिएका