१४ बैशाख २०८१, शुक्रबार

महाराजगंज नगरपालिकाका कर्मचारी अन्दोलित


, सनिउल्ला धोबी, कपिलवस्तु पुष ५
स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प भएको बेला कपिलवस्तुको महाराजगंज नगरपालिकामा पनि कामकाज ठप्प पारेका छन् । निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएपछि त्यसको विरोधमा कर्मचारी अन्दोलित भएका हुन ।
आज महाराजगंज नगरपालिको कार्यालयको कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी निरञ्जन पौडेलले जानकारी दिनुभयो ।

निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि  हुनु परेको स्थानीय तहमा कार्यरत कर्मचारीहरुको भनाई छ । नेपाल सरकारबाट यही मंसिर २३ गते राजपत्रमा प्रकासन भई जारी भएको कर्मचारी समायोजन अध्यादेश २०७५ मा साविकका स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको सम्बन्धमा कुनै पनि सम्बोधन नभएको भन्दै महाराजगंज नगरपालिकाका कर्मचारीहरुले आन्दोलनमा उत्रेका छन ।

कपिलवस्तु टाइम्स ५ पुष २०७५, बिहीबार १२:३४

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस