खैरा गाउमा ७ किलो चरेस बरामद

शहबाज खान,कपिलबस्तु
कपिलबस्तु को कृष्णनगर नगरपालिका वडा नं.१० खैरा गाउमा अ.७ किलो ५००ग्राम चरेस बरामद भएको छ।
ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नबिन पौडेल को कमान्ड मा खटिएको गस्ती टोली ले विशेष सुराकी को आधारमा कृष्णनगर न.पा.१० खैरा गाउमा बस्ने रफीक अमिन खाँ को घर मा खान तलासी गर्दा घर को कुना मा पराल को तला लुकाए र राखेको अन्दाजी ७किलो ५००ग्राम चरेस प्रहरी ले बरामद गरेको छ।
घर मालिक लगायत अन्य सदस्य हरु फरार रहेको र गाउका भद्र भलादमी र जनप्रतिनिधि हरुको रोहबर मा मुचालका गरी थप अनुसंधान भई रहेको कुरा ई.प्र.का.गणेशपुरले जनाएको छ।
Facebook Comments Box