स्थानिय तहकाे कामकाज २ बजेसम्मका लागि ठप्प ,

सेयर गर्नुहोस


कपिलबस्तु,पुस ४ । सरकारले जारी गरेकाे कर्मचारी समायाेजन अध्यादेश २०७५ काे विराेध अाज जिल्लाकाे विभिन्न स्थानिय तहहरुमा कालाेपट्टी बांधेर कामकाज ठप्प पारिएकाे छ ।
मंशीर २८ गते देखि नै चलिरहेकाे अधिराज्यव्यापी अान्दाेलनमा अाज पांचाैं दिन जिल्लाकाे स्थानिय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत अस्थायी , करार , ज्यालादारी र समाजिक परिचालकहरुले ग्रेड थप तथा स्तरवृद्धिका लागि अान्दाेलित रहेका छन ।
बिहान दस बजेदेखि कालाेपट्टी बांधेर दुई बजेसम्म सम्पुर्ण स्थानिय निकायकाे कामकाज ठप्प पारिएकाे कृष्णनगर ईकाइ समितिका संयाेजक साकिर अहमद शाहले बताएका छन । संघर्षरत कर्मचारीहरुकाे ईकाई समितिले सर्वाेच्च अदालतकाे २०७४ पुस २१ गतेकाे फैसला अादेशकाे कार्यान्वयनकाे व्यवस्था गर्नुका साथै स्थानिय सरकार संचालन ऐन २०७४ काे दफा ८७ बमाेजिम साविक स्थानिय निकायका कर्मचारीकाे स्थायित्व एवं सेवा निरन्तरताकाे व्यावस्था साेही अध्यादेशमा गर्ने जस्ता माग अघि सारेका छन । समितिले सारेकाे माग पूरा नगरे पुस ११ गतेदेखि थप कडा अन्दाेलन गर्ने निर्णय गरेकाे छ ।

Facebook Comments Box