२८ भाद्र २०८१, शुक्रबार

कपिलवस्तुको कजरहवा खुला दिसामुक्त वडा घोषणा

सनिउल्ला धोबी, कपिलवस्तु पुष ५,
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ८ कजरहवा एक समारोहबीच खुला दिसामुक्त वडा घोषणा भएको छ । महाराजगंज नगरपालिकाको पहिचान, पुर्ण सरसफाई हाम्रो अभियान, घर घरमा चर्पी हामी जिम्मेवार,स्वाच्छ पानी स्वास्थ्य बानी हाम्रो सरोकार नाराकासाथ वडालाई खुल्ला दिशामुक्त क्षेत्र गरिएको हो । जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यालयद्धारा सञ्चापलित पश्चिम नेपाल ग्रमिण खानेपानी सरसफाई दोस्रो चरणको वडा वास समिति कजरहवा र महाराजगंज नगरपालिका वडा नं ८ को आयोजनामा खुला दिसा मुक्त वडा घोषणा गरीएको हो ।

घोषणा समारोहमा कपिलवस्तु क्षेत्र नं. २ को क बाट प्रदेश सभा सदस्य दृगनारायण पाण्डे र महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले घोषण सभा समारोहलाई उदघाटन गर्नु भएको थियो । महाराजगंज नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र कुमार केसीले प्रतिवेदन प्रस्तुत गरी वडा क्षेत्रलाई खुला दिसामुक्त वडा घोषणा गर्नुभएको हो । खुल्ला दिशामुक्त नगर समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य दुगनारायण पाण्डेले नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई नगरपालिकाले सम्बोधन गरेको प्रति खुशी व्यक्त गर्दे उहाले खुल्ला दिशामुक्त सागै बालमैत्री, अपांगमैत्री, छुवाछुतरहित र नारीमैत्री नगर बनाउन सबैले पहलकदमी गर्नु पर्ने बताउनु भयो ।
साथै नगर प्रमुख अब्दुल कलामले अबको एक महिनामा नगरपालिका नै खुला दिसामुक्त क्षेत्र घोषणा गरिने लक्ष्यकासाथ अघी बढि रहेको बताउनु भयो । नगर प्रमुखले नगरपालिका खुला दिसामुक्त हुने अन्तिम अवास्थामा आएको बताउदै, सबै घरधनिहरुले सौचालय निर्माण गरेर प्रयोगमा ल्याउन आग्रह गर्नु भयो ।
नेपाल पत्रकार महासघं कपिलवस्तुका कोषाध्यक्ष दिपक खडकाले आम जनतामा सरसफाईबारे सकारात्मक चासो बढउन आग्रह् गर्नुभयो । खडकाले महाराजगंजले विकासको एउटा खुड्कीलो मध्ये खुल्ला दिशामुक्त नगर घोषणा गरेर सहरानीय काम गरेको बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट