१४ बैशाख २०८१, शुक्रबार

नेपालका जडिबुटीहरुमा गरिने अनुसन्धानहरु उत्पादन र उद्यमसम्म पुग्ने पर्नेमा जोड दिइएको छ।

लक्ष्मण बि सि,
२७ भदौ अर्घाखाँची
काठमाडौ )नेपाल वन तथा कृषि जन्य जडिबुटी उत्पादनका सन्दर्भमा नेपाल धेरै उपयुुक्त स्थान भएपनी ठूलो मात्रामा यस्ता जडिबुटीका उत्पादनहरु नेपाल भित्र्याई एको छ । उद्यम शुरु गर्न भन्दा अघि त्यसको गुणस्तरीयता र निर्यातमा हुने कानुनी झन्झटले नै लगानी कर्ताहरु दिक्क पर्छन। हामिले प्रयोगशालामा गरिने अनुसन्धानहरु ब्यापारसँग धेरै कम जोडिएको पाईन्छ। अर्को तर्फ यस सम्बन्धमा सरकारले किसान, उद्यमि, अनुसन्धाता, उत्पादनसँग जोडिएको मूल्य अभिबृद्धी, अतिपौष्टिक खाना, पौष्टिक औषधिय तथा अंगरागौषधिय जडिबुटीका साथै आयुर्वेदिक प्रणालिलाई अनुसन्धानसंग जोड्नु आजको अपरिहार्य छ। यसै सन्दर्भमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रद्वारा केन्द्रको ४४औं वार्षिकोत्सवका अवसरमा आयोजित “नेपालमा जडिबुटी जन्य उद्यमहरुको अवसर र चुनौति” बिषयक ३ दिने ई-सम्मेलन(२३-२५ भाद्र) समापन भएको छ।

वार्षिकोत्सब कार्यक्रमको पहिलो सत्र भौतिक उपस्थितिमा, प्रमुख अतिथी: उपकुलपति- डा. धर्मकान्त बास्कोटा, विशेष अतिथी, शिक्षाध्यक्ष-प्रा. डा. शिवलाल भुषाल, अतिथी, डिन – बिनिल अर्यालज्युको उपस्थितिमा भएको थियो भने दोश्रो सत्रको ई- सम्मेलनको उद्घाटनमा प्रमुख अतिथी, राम प्रसाद थपलिया (सचिव- शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्रालय), विशेष अतिथी, डा. सुनिल बाबू श्रेष्ठ, (उपकुलपति, नेपाल बिज्ञान तथा प्रविधी प्रतिष्ठान) र पुर्व मन्त्री ई. गणेश शाह हुनुहुन्थ्यो। दुबै सत्रको सभापतित्त्व केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. राम नाथ प्रसाद यादव र उद्घाटन कार्यक्रमको सन्चालन श्री चन्द्र कान्त सुबेदिले गर्नुभएको थियो।

प्रमुख अतिथी बास्कोटाले अनुसन्धान केन्द्रलाई १ करोड भन्दा बढी रकम तत्काल उपलब्ध गराउने र कार्यान्वयनका लागि रिकाष्टमा उपलब्ध बैज्ञानिकहरुको एक कार्यसम्पादन समूह गठन गर्न सुझाव दिनुभयो। यो रकम आगामी वर्षदेखी वृद्धि गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यसै गरि उत्पादनमा सहयोग पुर्‍याउने अनुसन्धान गर्न शिक्षाध्यक्ष प्रा. भुषालले जोड दिनुभयो भने नेपालका लागि प्रभावकारी पाठ्यक्रम बनाउनमा डिन कार्यलयले आवश्यक सहयोग गर्नेमा प्रा. अर्यालले जोड दिनुभयो।

ई- सम्मेलनमा उपस्थित सबै अतिथिहरुले जडिबुटी पहिचान, उत्पादन, प्रबर्द्धन र उद्यममा भएको समस्याको समाधानका लागि रिकाष्टले पनि एउटा भुमिका खेल्नुपर्ने बताउनुभयो।

ई-सम्मेलनको पहिलो दिन भएको गोलमेच अन्तरक्रिया मा प्राकृतिक संरक्षण समाजका उद्यमि, श्री कुमार कटुवाल; क्याटालिस्ट प्रविधी प्रा. लि. कि डा. प्रतिभा पाण्डे, काठ्माण्डौ विश्वविद्यालय का डा. राजेन्द्र ज्ञवाली र नेपाल जडिबुटी तथा जडिबुटी उत्पादन संघका प्रेम राज तिवारिले भाग लिनुभएको थियो। कार्यक्रमको मध्यस्थता बिरुवा संसाधन बिभागका देवि भण्डारिले गर्नुभएको थियो। छलफलमा नेपाल जस्तो अत्यधिक जैविक विविधता भएको देशमा यसले धेरै अवसरहरु सृजना गर्नु पर्नेमा जोड दिइएको थियो।

सम्मेलनको दोस्रो दिनको संगोष्टिमा जडिबुटीको आविष्कार देखि ब्यापारसम्मका समस्याहरू र समाधानका उपायहरूको खोजिका बारेमा कार्यपत्रहरु प्रस्तुत भए। ट्रोम्से बिश्वबिद्धालय, नर्वेका प्रा. डा. पुरुसोत्तम बस्नेतले विषयबस्तुकाबारेमा प्रष्ट्याउनुभएको थियो। कुमामोतो बिश्वबिद्धालय, जापानका डा. हरि प्रसाद देवकोटाले नेपालका औषधिजन्य जडिबुटीहरुको गुणस्तर कायम र स्तरीयता सम्बन्धि र नाम्पा (NAMPA)का सुमन पाण्डेले आयुर्वेदिक औषधिको महत्त्व र प्राग्गिक सहकार्यताका सम्बन्धमा धारणा राख्नुभयो । त्यस्तै जैविक प्रविधी केन्द्रिय बिभागका सह प्रा. गिरि त्रिपाठिले ग्रामीण उद्यम र बनस्पति शास्त्र केन्द्रिय बिभागका सुश्मा पाण्डेले जैविक प्रविधिको माध्यमबाट नेपालका औषधि जन्य बिरुवाहरुको ब्यापारिक खेती र संरक्षणका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यस्तै रसायन शास्त्र केन्द्रिय बिभागका सह प्रा. अच्युत अधिकारीले नेपालबाट सुगन्धित तेलको निर्यातका लागि देखिएका चुनौती तथा समाधानका उपायहरु र, रिकाष्टकी प्रा. डा. मीना राज भण्डा!रीले मौवाको बोक्राको विविध परिक्षण र उपयोगिताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको मध्यस्थता बिश्वबिद्धालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा. प्रमोद पौडेलले गर्नुभएको थियो।

सम्मेलनको तेस्रो दिनको संगोष्टिमा जडिबुटी सम्बन्धि हालका गतिविधि र दृष्टिकोणहरुका बारेमा आयुर्वेद संस्थान, ने सं बि का डिन, प्रा. डा. सन्जय पोख्रेलले बिषय बस्तुका बारेमा प्रष्ट पार्नुभएको थियो। RMIT विश्वविद्यालयका डा. राजु अधिकारीले औषधिजन्य जडिबुटीहरुको अनुसन्धान र बिकाशमा सम्भावना र पहुँच कार्यक्रमबाट बैज्ञानिक र उद्यमिहरुलाई एउटै मन्चमा उभ्याउने र सहकार्यको वातावरण बनाउने उद्देश्यमा केही ईंटा थपिएको महशुस गरिएको छ। १०० भन्दा बढी सहभागिहरुमा देश तथा बिदेशका शिक्षक, विद्यार्थी, अनुसन्धाता, उद्यमि, ब्यबसायी लगायत थिए।

सम्मेलनको समापन कार्यक्रम, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिँहज्युको प्रमुख आतिथ्य, डा. दिनेश राज भुजुज्युको बिशेष आथित्य, र रारा बायोटेक कि युवा उद्यमि सुमिना कार्किको आतिथ्य र सभापतित्व केन्द्रका का. नि. प्रा. डा. रामनाथ प्रसाद यादव र मध्यस्थता तथा उपसम्भार आयोजक कमिटीका संयोजक प्रा. डा. रामेश्वर अधिकारिले गर्नुभएको थियो। कमिटीका अन्य सदस्यहरूमा प्रा. डा. मीना राज भण्डारी, डा. सजनी श्रेष्ठ, डा. दीपेन्द्र पराजुली र बिजयराज सुवेदी रहनुभएको थियो।

कार्यक्रममा सम्पुर्ण सहभागीहरुलाई जिज्ञासा पनि राखिएको थियो। प्रतिउत्तरमा प्राकृतिक उत्पादनहरुको खेती र ब्यापारीकरण सम्बन्धि जिज्ञासामा राज्य किसानसँग पुग्ने, यस सम्बन्धी अनुसन्धानहरुमा र

धेरै कमेन्ट गरिएका

ताजा उपडेट