१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिबाट अतिक्रमण भएपछि संसदको अधिकार अपहरण भयो: सभामुख सापकाेटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिकार अपहरण भएको बताएका छन्। मंगलबार सम्पादकसँगको छलफलमा सभामुख सापकोटाले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिबाट कार्यक्षेत्र अतिक्रमण भएको र अदालतको निर्णय उलंघन हुँदा संसद्‍को अधिकार अपहरण भएको बताएका हुन्।

‘संसदको कार्यक्षेत्रमा राष्ट्रपतिबाट अतिक्रमण भएपछि संसदको अधिकार अपहरण भयो’, उनले भने। पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक भनेको फैसलाको पूर्णपाठ प्राप्त नहुँदै फेरि प्रतिनिधिसभा विघटन हुँदा अदालतको निर्णय उलंघन भएको उनको ठहर छ ।

‘प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशको पूर्ण पाठ नआउँदै प्रतिनिधिसभा पुनः विघटन भयो’, सभामुख सापकोटाले भने, ‘यसले अदालतका निर्णय उलंघन भएको देखिन्छ ।’

लोकतन्त्रको विकल्प नभएको भन्दै उनले संविधानको मूल्य मान्यताको आधारमा सबै चल्नुपर्नेमा जोड दिए। राष्ट्रपति र प्रधानमन्त्रीका निर्णयले संविधान अतिक्रमित भएको उनको भनाइ छ।

‘संविधान निर्माणको क्रममा यसका मूल्य मान्यता मेहनतका साथ समेटेका थियौँ’, उनले भने, ‘तर, अहिले संविधान अतिक्रमित भयो ।’
प्रतिनिधिसभा विघटनपछि २७५ सांसदको अधिकार सभामुखमा निहित हुन गएको भन्दै उनले जनताका समस्या समाधारका लागि गम्भीर बन्नुपर्ने समय आएको बताए।

आफ्नो भूमिकामाथि प्रश्न उठेको भन्दै सापकोटाले तटस्थता राष्ट्रिय हितमा केन्द्रित हुने बताए। परिस्थिति अनुसार राष्ट्रिय विषयमा धारणा सार्वजनिक गर्दा तटस्थ हुनुपर्छ भन्ने आवाज उठेको उनले बताए।

सभामुख सापकोटाले आफूले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएको गुनासोसमेत गरेका छन्।

कपिलवस्तु टाइम्स १५ असार २०७८, मंगलवार १४:१९

जात तन्त्रकाे राज

कपिलवस्तु टाइम्स

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस