प्रचण्ड भन्छन :ओली षडयन्त्रका गोटी चालने गन्ध आइरहेकाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी ओलीले षडयन्त्रका गोटी चाल्न सक्ने बताएका छन्। विपक्षी गठबन्धनद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै उनले तथ्य, प्रमाण नजिर हेर्दा संसद् पुनर्स्थापना हुने भएपनि अझै ठूलो खेल चलिरहेको गन्ध आएको दाबी गरे।
संसद् पुनर्स्थापना भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको दाबी छ। प्रचण्डले ओलीले स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्ने गरेको धारणा राखे।
लोकतन्त्र र संविधान सुरक्षित भयो भनेर ढुक्क हुने अवस्था नभएपनि सकारात्मक संकेत भएको बताएका छन्। ‘अझै पनि उहाँले षडयन्त्रका गोटी चाल्न सक्ने र जुनसुकै हदमा जाने खतरा पनि छ। प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरे पनि हुने भएको छ अहिले। संकटकालका विषयमा उहाँहरुको सहमति बनेको वा नबनेको होला, कुरा भइरहेको होला।’उनले भने,‘खतराको घन्टी अब सकियो, लोकतन्त्र र संविधान सुरक्षित भया भनेर ढुक्क हुने अवस्था बनको छैन। यद्यपि संकेत सकारात्मक छन्।’
प्रधानमन्त्री ओली गणतन्त्रप्रति पनि इमान्दार नभएको प्रचण्डले आरोप लगाए। उनले ओलीको राष्ट्रवाद उदांगो भएको टिप्पणी गरे। ‘संविधानको विरोधमा आगो बालेका, अहिलेसम्म संविधानलाई समर्थन नगरेकाहरूसँग उहाँले घुँडा टेक्नुभएको छ,’ उनले भने, ‘उहाँको राष्ट्रवाद उदांगो भयो। अब उहाँ राष्ट्रघातीमा दर्ज हुनुभएको छ।’ साभार :अन्नपूर्णापाेष्ट
