१४ बैशाख २०८१, शुक्रबार

आबाबुवाले आफ्नो सम्पत्ति ७५ प्रतिशत मात्र आफ्ना सन्तानलाई दिन पाउने

काठमाडौं, फागुन १६ । आफ्ना सन्तानलाई बाबु आमाप्रतिको कर्तव्य वोध गराउन महिला तथा बालबालिका मन्त्रालयले नयाँ कार्ययोजना सार्वजनिक गरेको छ ।

सोमबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी महिला मन्त्री कुमार खड्काले सार्वजनिक गरेको योजनाअनुसार अब प्रत्येक सन्तानले आफ्नो कमाइको १० प्रतिशत रकम आफ्ना बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने छ ।

आफ्ना सन्तानलाई बाबु आमाप्रतिको कर्तव्य वोध गराउन मन्त्रालयले आफ्नो कमाइको १० प्रतिशत आमा बुवाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागेको मन्त्री खड्काले जानकारी दिए । ‘त्यसो हुन सक्यो भने बृद्धावस्थामा आमाबुवा तिरस्कार हुनुपर्ने अवस्था आउने छैन,’ उनले भने ।
यसैगरी जेष्ठ नागरिकले आफू जिवितै रहेको अवस्थामा आफ्नो सम्पूर्ण सम्पत्ति सन्तानलाई दिन नपाउने व्यवस्था गर्न लागिएको छ । आबाबुवाले आफ्नो सम्पत्ति ७५ प्रतिशत मात्र आफ्ना सन्तानलाई दिन पाउने व्यवस्था गर्न लागिएको मन्त्री खड्काले जानकारी दिए । बाँकी २५ प्रतिशत भने आफ्नो सेखपछि मात्र सन्तानलाई दिन पाउने कानुनी व्यवस्था गर्न लागिएको हो ।

Subodh Regmi १८ फाल्गुन २०७३, बुधबार ११:४३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस