११ बैशाख २०८१, मंगलवार

बहादुरगंज केन्द्र बनाउन युवाहरु अान्दाेलित

सिडियाे र एलडियाे मार्फत प्रधानमंत्रीलाई ज्ञापन,

अंकुश श्रीवास्तव,कपिलबस्तु । जिल्लामा संघिय पुनर्संरचनाकाे सर्वदलीय निर्णय विपरित नगरपालिकाकाे केन्द्र परिवर्तन गरिएकाे भन्दै युवाहरु अान्दाेलनमा जाने चेतावनी दिएका छन ।

कपिलबस्तु जिल्ला प्रविधिक समितिले संघीय पुनर्संरचनामा ११ स्थानिय निकायकाे सिमांकन गर्दा कृष्णनगर नगरपालिकाकाे नगर सदरमुकाम बहादुरगंज नै गर्ने सर्वदलिय निर्णय भएकाे थियाे । तर पछि संरचनाकाे खाका बाहिर अाउंदा कुल १० स्थानिय निकाय कायम भएकाे छ र कृष्णनगर नगरपलिकाकाे केन्द्र साविककाे कार्यालय अर्थात कृष्णनगर नै राखिएकाे छ । यस्ताे षड्यन्त्रपुर्ण चलखेल गरिएर बहादुरगंज जुन ऐेतिहासिक ‘स्युराज खजहनी’काे नामले परिचित थियाे अहिले अाफ्नाे अस्तीत्व पनि गुमाएकाे स्थानियहरुकाे भनाई छ ।

          स्थानिय निकाय पुनर्संरचनाकाे खाका पठाउंदा बहादुरगंजलाई नै केन्द्र बनाईने चर्चा थियाे तर केन्द्र कृष्णनगर परिवर्तन गरिएकाे कारणले स्थानिय तथा वरपर गाबिसका युवाहरु संगठित भई प्रधानमन्त्री र स्थानिय बिकास मन्त्रीलाई नगरसदरमुकाम बहादुरगंजलाई बनाउन ज्ञापनपत्र मार्फत अनुराेध गरेका छन साथै विज्ञप्ति मा निर्णयमाथि कार्यवाही भएन भने अाइतबार देखि चक्काजाम, मैनबत्ती प्रज्वलन र अन्तः नगरपालिका अन्तर्गतकम वडा कार्यालयहरुकाे कामकाज पनि ठप्प पार्ने समेत उल्लेख गरेका छ ।

         अान्दाेलनकाे अगुवाई गरिरहेकाे जनचेतना युवा क्लबले अजिगरा,पुरुषाेत्तमपुर, भिल्मी, रामनगर, भगवानपुर लगायतका युवा क्लबहरुसंग समन्वय गरि अाघि बढने बताएकाे छ । यसैबीच बहादुरगंजमा मतदान केन्द्र बिषयलाई लिएर निर्वाचन सम्बन्धी बसिएकाे बैठक पनि स्थानिय दलप्रतिनिधिहरुकाे विराेधका कारण बहिष्कृत गरिएकाे छ साथै कृष्णनगर नगरपालिकाकाे सदरमुकाम बहादुरगंजलाई नताेकिएसम्म वडामा बस्ने सबै बैठक स्थागित गराइएकाे दलप्रतिनिधि दिपक शुक्लले बताएका छन ।

५ चैत्र २०७३, शनिबार १५:०३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस